काठमाडौं ।
नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा जर्सीले पपुवा न्युगिनी(पीएनजी)लाई पराजित गरि एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) मान्यता प्राप्त खेलमा पहिलो जित हात पारेको छ ।
यसै प्रतियोगितामा एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेको जर्सीले आफ्नो तेस्रो ओडिआई खेलमा नै जित हात पारेको हो ।नामिबियाको युनाइटेड क्रिकेट मैदानमा पहिलो ओडिआई जित निकाल्नेक्रममा जर्सीले पीएनजीलाई ११ रनले पराजित गरेको हो ।
जर्सीले दिएको २ सय ९२ रनको लक्ष्य पछ्याएको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८० रन मात्र बनायो ।पीएनजीका लागि कप्तान असद भाला,चाल्र्स अमिनी र रिलि हेरुकेले अर्धशतकीय ईनिङ खेले ।
कप्तान भालाले १ सय ७ बलमा ७५ रन बनाउँदा हेरुकेले ५१ बलमा ५८ रन बनाए । अमिनीले ४७ बलमा ५४ रन बनाए । ओपनर टोनी उराले २९ तथा सेसे बाउले २६ रन बनाए । चाड सोपार १३ रनमा रनआउट भए ।
जर्सीका लागि ह्यारिन्सन कार्लिअन,जुलिस सुमिरराउरी,कप्तान चाल्र्स प्रचाड र इलिट मिल्सले समान २२ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जर्सीले ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९१ रन बनायो ।
जर्सीका लागि जोस लरेन्सन र असा ट्रिबिले शतकीय ईनिङ खेले । जर्सीको लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक बनाएका लरेन्सनले १ सय ५ बलमा ११ चौका र २ छक्काको सहयोगमा १ सय १४ रनमा आउट भए ।
ट्रिबिले बलमा चौका र छक्काको सहयोगमा अविजित रन बनाए । ह्यारिन्सन कार्लिअनले २६ रन बनाउँदा निक ग्रिनउडले १४ रन बनाए । पीएनजीका लागि चाड सोपार र सिमो कमियले समान २र२ विकेट लिए ।
दोस्रो खेल पहिलो जित हात पारेको जर्सी २ अंकका साथ पाँचौ स्थानमा रहेको छ । अंक बिहिन पीएनजी अंक तालिकाको पुछारमा रहेको छ ।
आजको हारबाट पीएनजीलाई विश्वकप छनोटमा स्थान बनाउँन तथा एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम गर्न कठिन रहेको छ ।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।
लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।
सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भईसकेको छ ।
त्यस्तै पुछारका दुई टोली युएई र पीएनजीले भने प्लेअफमार्फत एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउनु पर्नेछ । प्लेअफ प्रतियोगिताका सबै खेल एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।
प्लेअफमा अमेरिका र नामिबियाले जुनसुकै स्थान हासिल गरेपनि एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाइसकेका छन्।युएई र पीएनजीले एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउन भने क्यानडा र जर्सीभन्दा माथि रहेर प्लेअफको अन्त्य गर्नुपर्ने हुन्छ ।