कोलकत्तालाई हराउदै पन्जाबको सुखद सुरुआत – Khoj Dainiki

कोलकत्तालाई हराउदै पन्जाबको सुखद सुरुआत

काठमाडौं ।

१६ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा पन्जाब किंग्सले पहिलो जित हात पारेको छ ।

पन्जाबले घरेलु मैदान मोहालीमा कोलकत्ता नाईट राईडर्सलाई डिएल मेथडमा ७ रनले पराजित गरेको हो ।

१६ ओभर सकिदा भारी बर्षा भएपछि खेलको निर्णय डीएल मेथडबाट भएको हो । पन्जाबले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएउदै ब्याटिङ गरिरहेको कोलकत्ताले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाउँदा भारी बर्षाका कारण खेल रोकिएको थियो ।

निरन्तर भारी बर्षा भएपछि डीएल मेथडमा पन्जाब किंग्स ७ रनले विजयी भएको हो ।कोलकत्ताका लागि आन्द्र रसेलले १९ बलमा सर्वाधिक ३५ रन बनाउँदा इम्प्याक्ट खेलाडीका रुपमा बरुण चक्रवर्तीको स्थानमा ब्याटिङमा आएका वेंकटेस अय्यरले ३४ रन बनाए ।

कप्तान नितिश राणाले २४ तथा रहमनउल्लाह गुर्वाजले २२ रन बनाए ।पन्जाबका लागि अर्शदिप सिंहले ३ तथा राहुल चहर,नाथन एलिस,सिकन्दर राजा र साम करनले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।पन्जाबका लागि भानुका राजपाक्षेले ३२ बलमा ५ चौका र २ चौकाको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले ।

कप्तान शिखर धवनले २९ बलमा ४० रन बनाउँदा साम करनले १७ बलमा अविजित २६ रन बनाए । जितेश शर्माले ११ बलमा २१ रन बनाउँदा सिकन्दर राजाले १३ बलमा १६ रन बनाए ।

राजाले यस खेलबाट नै आईपीएल डेब्यु गरेका थिए । आईपीएलमा सहभागी रहने उनी चौथो जिम्बावेका खेलाडी हुन् ।

पहिलो खेलमा जित हात पारेको पन्जाब २ अंकका साथ शीर्ष स्थानमा रहेको छ । कोलकत्ता अंक बिहिन रुपमा चौथो स्थानमा रहेको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

कमजोर टोली जर्सीसँग पराजित हुँदै पीएनजी विश्वकपको बाटोबाट बाहिरियो

Sat Apr 1 , 2023
काठमाडौं । नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा जर्सीले पपुवा न्युगिनी(पीएनजी)लाई पराजित गरि एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) मान्यता प्राप्त खेलमा पहिलो जित हात पारेको छ । यसै प्रतियोगितामा एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेको जर्सीले आफ्नो तेस्रो ओडिआई खेलमा नै जित हात पारेको हो ।नामिबियाको युनाइटेड क्रिकेट मैदानमा पहिलो ओडिआई जित निकाल्नेक्रममा […]

You May Like

error: