पहिलो खेलमै घाइते भएका केन विलियमसन बारे आयो निकै दुःखको खबर – Khoj Dainiki

पहिलो खेलमै घाइते भएका केन विलियमसन बारे आयो निकै दुःखको खबर

काठमाडौं ।
हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सलाई इन्डियन प्रिमियर लिग २०२३ सिजनमा ठूलो धक्का लागेको छ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन घुँडाको चोटका कारण पूरा सिजन बाहिर भएका छन् ।आईपीएल शुक्रबार भव्य उद्घाटन समारोहको साथ सुरु भयो।

यसपछि सिजनको पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको थियो । यस खेलमा केन विलियम्सन घाइते भएर प्रतियोगिताबाट बाहिरिएका थिए ।

गुजरात फ्रेन्चाइजीले विलियमसनलाई २०२३ को मिनी लिलामीमा २ करोड भारुमा किनेको थियो ।यो घटना खेलमा चेन्नई सुपर किंग्सको इनिङ्सको १३ औं ओभरमा भएको हो ।

यस ओभरमा ओपनर ऋतुराज गायकवाडले एरियल शट खेले, जसमा विलियमसनले क्याच लिने प्रयास गरे । बाउन्ड्रीमा हावामा उफ्रिए पनि विलियम्सनले क्याच लिन सकेनन् तर टोलीका लागि केही रन अवश्य बचाए ।

तर यही क्रममा विलियम्सनको घुँडामा चोट लागेको थियो । उनलाई तुरुन्तै मैदानबाट बाहिर निकालियो । त्यसपछि उनको स्थानमा साई सुदर्शनलाई इम्प्याक्ट खेलाडीको रुपमा मैदानमा उतारिएको थियो ।

सुदर्शनले पनि इम्प्याक्ट खेलाडीको रुपमा ब्याटिङ गरे । अहिले यही चोटका कारण विलियम्सन प्रतियोगिताबाट बाहिर भएका छन् ।

अहमदाबादमा खेलिएको आइपिएल २०२३ को पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको छ।

चेन्नाईले दिएको १ सय ७८ रनको लक्ष्य गुजरातले १९ ओभर २ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । चेन्नाईका लागि ओपनर शुभमन गिलले ३६ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय ईनिङ खेले ।

रिद्धिमान शाहले १६ बलमा २५ तथा विजय शंकरले २१ बलमा २७ रन बनाए । इम्प्याक्ट प्लेयरका रुपमा केन विलियम्सको स्थानमा मौका पाएका साई सुदर्शनले २२ रन बनाए ।

राशिद खानले ३ बलमा अविजित १० तथा राहुल तेवातियाले १४ बलमा अविजित १५ रन बनाए ।  चेन्नाईका लागि आजकै खेलमा आईपीएल डेब्यु गरेका राजवर्धन हांगर्गेकरले ३ तथा तुसारदेश पाण्डे र रविन्द्र जडेजाले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको हो ।  पाहुना टोलीका लागि ओपनर ऋतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्काको सहयोगमा ९२ रनको अर्धशतकीय ईनिङ खेले ।

मोईन अलिले २३ रन बनाउँदा शिबम दुवेले १८ बलमा १९ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले ७ बलमा १४ रन बनाउँदा अम्बादी राईडुले १२ रन बनाए । घरेलु टोलीका लागि मोहम्मद सामी,अल्जारी जासेफ र राशिद खानले समान २/२ तथा जोश लिटिलले १ विकेट लिए ।

सम्बाददाता

Leave a Reply

Next Post

जर्सीले दियो पीएनजीलाई कीर्तिमानी लक्ष्य,२ खेलाडीले गरे चौकाको वर्षा

Sat Apr 1 , 2023
काठमाडौं । नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा जर्सीले पपुवा न्युगिनी(पीएनजी)लाई जितका लागि २ सय ९२ रनको लक्ष्य दिएको छ । आफ्नो एकदिवसीय अन्तरष्ट्रिय क्रिकेटको छोटो ईतिहासमा सर्वाधिक २ सय ९१ रनको योगफल बनायो । यसै प्रतियोगितामा एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेको जर्सीले आफ्नो तेस्रो खेलमा नै २ सय […]

You May Like

error: