काठमाडौं।
आगामी महिना नेपालमा हुने एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट हुने भएको छ ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट हुने जानकारी दिएको हो ।
प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ।प्रतियोगीताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।
नेपालले टियु क्रिकेट मैदानमा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।नेपालले पहिलो खेल वैशाख ५ (अप्रिल १८ मा) मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्दै सुरुवात गर्नेछ ।
नेपालले दोस्रो खेल वैशाख ८ गते (अप्रिल २१ मा) ओमानसँग टियुमा खेल्नेछ । नेपाल र ओमानबीचको ओडिआई मान्यता हुनेछ । नेपाल र ओमानबीचको खेलले समूह एको विजेता निर्धारण गर्न सक्ने अनुमान गरिएको छ ।
नेपालले वैशाख ११ मा (२४ अप्रिल मा) साउदी अरेवियासँग मुलपानीमा खेल्नेछ । नेपालले वैशाख १४ मा (अप्रिल २७ मा) कतारसँग टियुमा खेल्नेछ । सेमिफाइनल वैशाख १६ गते (अप्रिल २९ मा) हुनेछ ।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुनेछ ।प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’मा आयोजक नेपालसहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान तथा समूह ‘बी’मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई छन् ।
हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
यस्तै शीर्ष तीनमा रहने टोली एसिया इमर्जिङ कपका लागि छनोट हुनेछ ।नेपालले वैशाख ५ मा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
प्रारम्भिक नेपाली टोलीः
कुशल भुर्तेल, भिम सार्की, आसिफ शेख, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, ललितनारायण राजवंशी, रोहितकुमारपौडेल, सन्दीप जोरा,कुशल मल्ल, श्याम ढकाल, आरिफ शेख, अर्जुन साउद, गुलशन झा, कमलसिंह ऐरी, सूर्य तामाङ, किशोर महतो, करण केसी,देव खनाल