गिलको सानदार ब्याटिंगमा सिएसके बिरुद्द गुजरातको सानदार जित – Khoj Dainiki

गिलको सानदार ब्याटिंगमा सिएसके बिरुद्द गुजरातको सानदार जित

काठमाडौँ ।

अहमदाबादमा खेलिएको आइपिएल २०२३ को पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्स (GT vs CSK) लाई ५ विकेटले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो भने जवाफमा गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर १८२ रन बनायो।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किंग्सको सुरुवात खराब रह्यो । १४ रनको स्कोरमा टोलीलाई पहिलो झटका लागेको थियो भने ओपनर डेभोन कोनवे १ रन बनाएर मोहम्मद शामीको शिकार बने ।

मोइन अलीले केही राम्रो शट खेले तर उनको इनिङ्स पनि २३ रनभन्दा माथि जान सकेनन् । बेन स्टोक्स खास केही गर्न सकेनन् र ७ रनको व्यक्तिगत स्कोरमा राशिद खानको शिकार बने । यहाँबाट ऋतुराज गायकवाड र अम्बाती रायुडुले स्कोर १२१ पुर्याए । रायुडुले १२ रन बनाए ।

गायकवाडले उत्कृष्ट ब्याटिङ गर्दै ५० बलमा ९२ रन बनाए । उनको इनिङ्समा चार चौका र नौ छक्का सामेल थिए। रविन्द्र जडेजा मात्र १ रन बनाएर आउट भए । शिवम दुबेले १८ बल खेले पनि उनको ब्याटबाट १९ रन मात्रै निस्कियो ।

अन्तिममा, एमएस धोनीले केही ठूला शटहरू खेले र १४ रनमा अविजित रहे। गुजरात टाइटन्सका लागि मोहम्मद सामी, राशिद खान र अल्जारी जोसेफले २–२ विकेट लिए ।

लक्ष्य पछ्याएको गुजरात टाइटन्सलाई ३७ रनको स्कोरमा पहिलो झटका लागेको थियो । ऋद्धिमान साहा १६ बलमा २५ रन बनाएर आउट भए । यहाँबाट शुभमन गिल र साई सुदर्शनले राम्रो ब्याटिङ गर्दै स्कोर ९० मा पुर्याए ।

सुदर्शनले २२ रन बनाए । हार्दिक पाण्ड्याले ८ रन बनाए । गिलले उत्कृष्ट ब्याटिङ गर्दै ३६ बलमा ६३ रनको इनिङ खेले। विजय शंकरले २७ रनको योगदान दिए ।

आफ्नो टोलीलाई जित दिलाउन राहुल तेवाटियाले १५ र राशिद खानले अविजित १० रनको इनिङ्स खेले । राजवर्धन हंगेरगेकरले तीन विकेट लिए ।

सम्बाददाता

Leave a Reply

Next Post

धोनीसँग हात नमिलाउँदा पहिलो दिनमै भाइरल भए हार्दिक

Sat Apr 1 , 2023
काठमाडौँ। अहमदाबादमा खेलिएको आइपिएल २०२३ को पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्स (GT vs CSK) लाई ५ विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो भने जवाफमा गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर १८२ रन बनायो। इन्डियन प्रिमियर लिग (आइपिएल) […]

You May Like

error: