लाओसलाई हराउँदै नेपालले उपाधि जितेपछि खुशी छन् प्रशिक्षक एनीस, दिए यस्तो प्रतिक्रिया – Khoj Dainiki

लाओसलाई हराउँदै नेपालले उपाधि जितेपछि खुशी छन् प्रशिक्षक एनीस, दिए यस्तो प्रतिक्रिया

काठमाडौं ।

खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २-१ ले हरायो ।

खेल १-१ गोलको स्थितिमा रहेको बेला ८७ औं मिनेटमा डाँगीले सुन्दर गोल गरेका थिए । यसअघि १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ ।

बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन् । तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको छ । एरिक विष्टले मिलाइदिएको पासमा बक्स भित्रबाट आयुश घलानको गोल गरेका थिए ।

खेलको ७४ औं मिनेटमा नवीन लामाको प्रहारलाई गोलरक्षकले पञ्च गर्दा फर्केको बललाई मनिषले जाली चुमाए पनि त्यो गोल अफ साइड भयो ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले आफ्नो टोलीले छोटो समयमा राम्रो गरेको बताएका छन् । घरेलु मैदानमा प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि दिलाएपछि बोल्दै एनीसले टोलीले हरेक खेलमा सुधार गर्दै आएको बताए ।

‘हामी दिन प्रतिदिन प्रदर्शनमा सुधार गरिरहेका छौँ । छोटो समयमा हामीले राम्रो गर्यौं,’ एनीसले भने । एनीसले आफ्नो पहिलो प्रतियोगितामै नेपाललाई उपाधि दिलाएका हुन् ।

एनीसले फाइनलमा लाओसविरुद्ध आफ्नो टोलीले दोस्रो हाफमा राम्रो खेलेको बताए । ‘लाओसविरुद्ध आज हामी लामो बलमा सफल भयौं र खेलाडीबीचको तालमेल राम्रो थियो र हामी लाओसविरुद्ध दोस्रो हाफमा हावी भयौं । हामीले लाओसलाई कुनै मौका दिएनौं,’ उनले भने ।

प्रशिक्षक एनीसले फाइनलमा आफुले बेन्चमा रमाइलो गरेको बताए । ‘यस प्रतियोगिता आयोजना गरेको र हामीलाई निम्तो गरेकोमा धन्यवाद । राम्रो प्रतियोगिता रह्यो । नेपलली बधाई, यो उपाधिका लागि हकदार थियो,’ उनले भने ।

वेइसले टोलीले उपाधि नजितेपनि खेलाडीको प्रदर्शनबाट आफु सन्तुष्ट रहेको बताए । भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए ।

नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाएको छ ।

आयुष घलानले प्लेयर अफ त टुर्नामेन्ट हुँदै ५०० डलर पुरस्कार पाएका छन् । फाइनलमा एक गोल गरेका आयुश भुटानविरुद्दको खेलमा प्लेयर अफ दि म्याच बनेका थिए।

नेपाललाई उपाधि दिलाउन निर्णायक गोल गरेका मनिष प्लेयर अफ द फाइनल भए र उनले २५० अमेरिकी डलर पुरस्कार पाए ।

सम्बाददाता

Leave a Reply

Next Post

गिलको सानदार ब्याटिंगमा सिएसके बिरुद्द गुजरातको सानदार जित

Sat Apr 1 , 2023
काठमाडौँ । अहमदाबादमा खेलिएको आइपिएल २०२३ को पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्स (GT vs CSK) लाई ५ विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो भने जवाफमा गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर १८२ रन बनायो। टस हारेर पहिले […]

You May Like

error: