काठमाडौँ ।
प्रधानमन्त्री कप थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ।दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसलाई पराजित गर्दै उपाधि जितेको हो।
दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसलाई २-१ गोल पराजित गर्दै उपाधि जितेको हो।लोओसले बनाएको एक गोलको अग्रता उल्टाएर नेपाल च्याम्पियन बनेको हो ।
नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गरे ।लाओसका फोउचाङभोङ साङ्भिले एक गोल गरे ।
खेलको १७ औं मिनेटमा फोउचाङभोङले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाएका थिए । उनले बौनफाचन बौनकौनले प्रहार गरेको बल मणि कुमार लामालाई लाग्दै सिक्स यार्ड बक्समा झरेको थियो । जसलाई नजिकै रहेका फोउचाङभोङले वान टचमा पोस्टको जाली चुमाए ।
तर खेलको २४ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएका थिए । एरिक विष्टले उपलब्ध गराएको पासमा आयुषले सुन्दर गोल गरे ।
त्यसपछि खेलको ८७ औं मिनेटमा मनिषले गोल गर्दै नेपाललाई २-१ को जित दिलाए । अन्जन विष्टले उपलब्ध गराएको पासमा मनिषले उत्कृष्ट गोल गरे ।
नेपालले पहिलो खेलमा लाओसलाई २–१ ले पराजित गरेको थियो। भुटानलाई भने एक एक गोलको बराबरीमा रोकेको थियो। यता, नेपालसँग पराजित भएको लाओसले भुटानलाई समान २–१ गोलले नै हराएको थियो।
जितसँगै नेपालले पाँच हजार अमेरिकी डलर पाएको छ । उपविजेता बनेको लाओसले तीन हजार अमेरिकी डलर पाएको छ ।