नेपालले विश्वकप अघि नै बलियो टोली श्रीलंकासँग म्याच खेल्ने – Khoj Dainiki

नेपालले विश्वकप अघि नै बलियो टोली श्रीलंकासँग म्याच खेल्ने

काठमाडाैं ।

शुक्रबार न्युजिल्यान्डविरुद्धको तेस्रो एकदिवसीय खेलमा ६ विकेटले पराजित भएसँगै श्रीलंका आइसिसी विश्वकप क्रिकेट २०२३ मा सिधा छनोट हुन असफल भएको छ।

विश्वकपको छनोटको रुपमा रहेको आइसिसी विश्वकप सुपर लिगमा सबै खेल खेलिसक्दा नवौं स्थानमा सीमित बनेसँगै श्रीलंका सिधा छनोट हुन असफल भएको छ।

सुपर लिगका शीर्ष आठ टिम भारतमा हुने विश्वकपमा छनोट हुने प्रावधान छ। अब आठौं स्थानको वेस्ट इन्डिज, दशौं स्थानको दक्षिण अफ्रिका र एघारौं स्थानको आयरल्यान्ड मध्ये एक टिम मात्र विश्वकपमा छनोट हुनेछ।

दशौं स्थानमा रहेको दक्षिण अफ्रिकाको नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय सिरिजका दुई खेल बाँकी छन्। ती दुवै खेलमा जित हासिल गरेमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पछि पार्दै आठौं स्थानमा पुग्नेछ।

एघारौं स्थानमा रहेको आयरल्यान्डको पनि मेमा बंगलादेशसँग तीन खेल बाँकी रहेकाले उसको पनि छनोट हुने सम्भावना छ। सुपर लिगमा सातौं स्थानमा भन्दा तल रहेका वेस्ट इन्डिज, दक्षिण अफ्रिका र आयरल्यान्ड मध्ये एक टिम विश्वकपमा सिधा छनोट हुनेछ भने तीन टिमले विश्वकप छनोट खेल्नु पर्नेछ।

जिम्बावेमा आगामी जुलाईमा हुने विश्वकप छनोटमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। जहाँ नेपालसहित श्रीलंका जिम्बावे, नेदरल्याण्ड्स, स्कटल्यान्ड र ओमानले खेल्ने पक्का भइसकेको छ।

छनोटमा प्रतिस्पर्धा गर्ने १० मध्ये बाँकी ४ टिमको टुंगो लाग्न बाँकी छ। सुपर लिग-२ टिम र प्लेअफ क्वालिफायरबाट दुई टिम विश्वकप छनोटमा पुग्न बाँकी छ।

ह्यामिल्टनस्थित सेडन पार्कमा शुक्रबार सम्पन्न खेलमा श्रीलंकाले प्रस्तुत गरेको एक सय ५८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३२.५ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

न्युजिल्यान्डका लागि विल योङ्गले एक सय १३ बलमा ११ चौकाको मद्दतमा अविजित ८६ रन जोडे । यसैगरी हेनरी निकोलस ४४ रनमा अविजित रहे ।

पाँचौं विकेटका लागि योङ्ग र निकोलसले अविजित एक सय रनको साझेदारी गरेका थिए ।श्रीलंकका लागि लाहिरु कुमाराले दुई तथा कप्तान दासुन शनाका र कासुन रजिथाले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले ४१.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल तयार पारेको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

एसिसी कप खेल्नु अघि नेपाली खेल प्रेमीको लागि आयो खुसीको खबर

Sat Apr 1 , 2023
काठमाडौं। आगामी महिना नेपालमा हुने एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट हुने जानकारी दिएको हो । प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ।प्रतियोगीताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन […]

You May Like

error: