भारतको टिममाथि विमलको टिमले गर्यो गोलको वर्षा,जित्यो लाखौं नगद – Khoj Dainiki

भारतको टिममाथि विमलको टिमले गर्यो गोलको वर्षा,जित्यो लाखौं नगद

काठमाडौं ।

विराटनगर सिटी एफसीले सातौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि जितेको छ ।विराटनगरस्थित शहिद रंगशालामा बिहिबार राति भएको फाइनल खेलमा भारत केरलाको लुका सकर क्लबलाई पराजित गर्दै उपाधि जितेको हो।

विराटनगरस्थित शहिद रंगशालामा बिहिबार राति भएको फाइनल खेलमा भारत केरलाको लुका सकर क्लबलाई ४–० गोल अन्तरले हराउँदै विराटनगर च्याम्पियन बनेको हो ।

विराटनगरको जितमा ओलावाले आफिज, विमल घर्ति मगर, मेसुके ओलुमोउ र अभिषेक गुरुङ्गले एक एक गोल गरे ।

सातौं मिनटमा ओलावालेले गोल गर्दै विराटनगरको खाता खोलेका थिए । यसै गोलको माध्यमबाट विराटनगरले पहिलो हाफमा लुका सकरमाथि १–० गोल अन्तरको अग्रता बनाएको थियो ।

यसपछि विराटनगरले दोस्रो हाफमा तिन गोल थपेको थियो ।खेलको ७९औं मिनेटमा विमलले गोल गर्दै विराटनगरको अग्रता दोब्बर बनाएका थिए ।

९०औं मिनटमा मेसुकेले गोल गर्दै विराटनगरको अग्रतालाई ३–० मा पुर्याए भने इन्ज्युरी समयमा अभिषेकले गोल गर्दै घरेलु टोलि विराटनगरलाई ४–० गोल अन्तरको फराकिलो जित दिलाए ।

उपाधिसँगै विराटनगरले २० लाख १५ हजार नगद प्राप्त गरेको छ । उपविजेता लुका सकरले १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गरेको छ ।

यस्तै विधागततर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडी विराटनगरका मेसुके घोषित भए । यस्तै फेयर प्ले अफ द टुर्नामेन्ट जावलाखेल युथ क्लब घोषित भएको छ ।

प्रतियोगितको सर्वाधिक गोलकर्ता प्रतियोगिताभर २ गोल गरेका विराटनगरकै अभिषेक गुरूङ्ग भए ।उत्कृष्ट फरवार्ड लुका सकरका चाजिज क्युराको, उत्कृष्ट मिल्डफिल्डर विराटनगर सिटीका युका सुजुकी, उत्कृष्ट गोलकिपर विराटनगर सिटीका विशाल श्रेष्ठ घोषित भए ।

विराटनगरका देवेन्द्र तामाङ्ग उत्कृष्ट रक्षक घोषित भए । विराटनगर सिटीका सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक चुनिए । विधागततर्फ उत्कृष्ट भएकाहरुले जनही २५ हजार रुपैयाँ पाए ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपालसँग विश्वकप छनोट खेल्नको लागि अमेरिकाको विशाल जीत

Fri Mar 31 , 2023
काठमाडौं । नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा अमेरिकाले दोस्रो जित हात पारेको छ ।आफ्नो तेस्रो खेलमा दोस्रो जित हात पार्ने क्रममा अमेरिकाले युएईलाई ५ विकेटले पराजित गर्यो । नामिबियाको विन्डोकमा रहेको युनाइटेड मैदानमा युएईले दिएको २ सय ८० रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा […]

You May Like

error: