नेपाली फुटवल टिमका फरवार्ड अन्जन विष्ट पु:न घाइते – Khoj Dainiki

नेपाली फुटवल टिमका फरवार्ड अन्जन विष्ट पु:न घाइते

काठमाडौं ।

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको छ ।

नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो ।

नेपाल १-० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको हार टारेका हुन् ।

नेपाली फुटवल टिमका फरवार्ड अन्जन विष्ट घाइते भएका छन् । भुटानको गोल पोस्टमा गोल किपरसँग ठोकिएर विष्ट मंगलबार घाइते भएका हुन् । विष्टलाई उपचारका लागि ब्लुक्रस अस्पताल लगिएको छ ।


त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको प्रधानमन्त्री त्रिदेशीय कप खेल्ने क्रममा घाइते भएका हुन् ।  भुटानसँग १-१ को बराबरीले पनि नेपाल फाइनलमा पुगेको छ । नेपालले लाओससँग १७ गते फाइनल खेल्ने छ । बराबरीका बावजुद भुटान भने घर पर्केको छ ।

यसअघि खेलको १९ औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गरे । दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडर गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

त्यो अग्रता नियमित समयको अन्तिम मिनेटसम्म जोगाए पनि नेपालले गोल फर्कायो । यसअघि खेलको १९‌औं मिनेटमा भुटानका चोन्चे ग्याल्सेनले रोहित चन्दलाई बिट गरेर राम्रो अवसर सिर्जना गरेका थिए ।

तर त्यो बल अनन्त तामाङले पोष्ट अगाडिबाट क्लियर गरेका थिए । नेपालले ४५‌औं मिनेटमा नवीन लामाले हानेको कर्नरमा पुजन उपरकोटीको हेड पासमा सनिस श्रेष्ठले गरेको हेडर पोष्ट माथिबाट बाहिरियो ।

दोस्रो हाफको इन्जुरी समयमा नेपालले गोल गरे पनि त्यसलाई रेफ्रीले अफसाइड दिए । प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् । पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषद राखेपले सहयोग गरेको हो ।

सम्बाददाता

Leave a Reply

Next Post

भुटान बिरुद्द नेपालको कमजोर प्रदर्शन बारे यस्तो भन्छन मुख्य प्रशिक्षक एनीस

Wed Mar 29 , 2023
काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो । नेपाल १-० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक […]

You May Like

error: