नेपाल विश्वकप छनौटमा पुग्दा भावुक भए मुख्य प्रशिक्षक, नेपाली समर्थकलाई दिए यस्तो सन्देश ! – Khoj Dainiki

नेपाल विश्वकप छनौटमा पुग्दा भावुक भए मुख्य प्रशिक्षक, नेपाली समर्थकलाई दिए यस्तो सन्देश !

काठमाडौं।

नेपाल सोझै विश्वकप छनोटमा पुगेको छ।हिजो बिहिबार आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित निकालेसँगै नेपाल सिधै विश्वकप छनौटमा पुगेको हो।

खराब प्रकाशका कारण खेल पूरा नहुने देखिएसँगै खेल डिएल मेथर्डमा गयो। डिएल मेथर्डमा जाँदा खेल नेपालले जित्न सफल भयो। नेपालले ३ सय ११ रनको विशाल लक्ष्य पाएको थियो।

नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिन पुग्यो। डिएलमा जाँदा नेपाल ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित हात पार्न सफल भयो।

पछिल्ला १२ वानडे क्रिकेटमा नेपालको यो एघारौं जित हो। नेपाल ३६ खेलमा १९ मा जित र १५ मा हारसहित ४० अंकका साथ तेस्रो स्थानमा रहँदै विश्वकप छनौटका लागि छनौट हुन सफल भयो।

नेपाली क्रिकेट प्रशिक्षक मोन्टी देसाइको आगमन पछि छुट्टै स्थानमा पुगेको छ। उनको आगमन पछि नेपालले खुलेर प्रदर्शन गरिरेको छ। उनको प्रशिक्षणमा नेपालले खेलेका १२ एकदिवसीय खेलमा ११ वटा जितेको छ।

उनले नेपालको ब्याटिङमा व्यापक सुधार गरेका छन्। नेपाल विश्वकप छनौटमा पगेपछि देसाइले साथ र समर्थनका लागि सबै नेपालीलाई धन्यवाद दिए। देसाइले आफ्नो करिअरमा असोसियट क्रिकेटमा बिहिबारको खेलमा जति समर्थक कहिल्यै नदेखेको बताए।

उनले खेलपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा भने,”मैले असोसियट क्रिकेटमा धेरै फ्यानहरु आएको कहिल्यै पनि देखेको थिइनँ। यति ठूलो संख्यामा आएकोमा सबैलाई धेरै–धेरै धन्यवाद।”

उनले जितमा मात्र नभई हारमा पनि यसै गरी नेपाली क्रिकेट टीमलाई साथ दिने नेपाली समर्थकलाई आग्रह गरे। नेपाली क्रिकेट टोलीका खेलाडीहरु एकदमै मिहिनेती भएको उनको भनाई छ।

“यो टिम अघि बढ्दैछ अनि सिक्दैछ। कुनैदिन हामीले चाहेकोजस्तो नतिजा नआउन सक्छ। तर पनि सधैँ सपोर्ट गरिरहनुहोला। खेलाडीलाई सपोर्ट गर्नुहोला किनकी उनीहरू एकदमै धेरै मिहिनेत गरिरहेका छन्। मैले आफ्नै आँखाले देखेको छु। उनीहरू सिक्न एकदमै चाहन्छन् र छिट्टै सिक्छन् पनि। उनीहरू अघि बढ्दैछन्।”,उनले भने।

सम्बाददाता

Leave a Reply

Next Post

नेपाल विश्वकप छनौटमा पुग्दा भावुक भए मुख्य प्रशिक्षक, नेपाली समर्थकलाई दिए यस्तो सन्देश !

Fri Mar 17 , 2023
काठमाडौं। नेपाल सोझै विश्वकप छनोटमा पुगेको छ।हिजो बिहिबार आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित निकालेसँगै नेपाल सिधै विश्वकप छनौटमा पुगेको हो। खराब प्रकाशका कारण खेल पूरा नहुने देखिएसँगै खेल डिएल मेथर्डमा गयो। डिएल मेथर्डमा जाँदा खेल नेपालले जित्न सफल भयो। नेपालले ३ […]

You May Like

error: