काठमाडौं ।
नेपालका विकेटकिपर एवं ब्याट्सम्यान आसिफ शेख सन् २०२३ मा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् ।
उनले ११ खेलमा ४१० रन बनाएका छन् । विश्वकप लिग- २ अन्तर्गत घरेलु मैदानमा जारी अन्तिम त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा आसिफले एक शतक र एक अर्धशतक बनाइसकेका छन् ।
सन् २०२३ मा एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने भारतका सुबमन जिल हुन् । उनले ६ खेलमा ५६७ रन जोडेका छन् ।
तेस्रो स्थानमा रहेका इङ्ल्याण्डका जोस बटलरले ६ खेलमा ३७२ रन जोडेका छन् ।नेपालका कप्तान रोहित पौडेल ३४१ रनसहित चौथोमा छन् ।
११ खेलमा ३११ रन जोडेका कुशल मल्ल सातौं र २८० रन बनाएका कुशल भुर्तेल १०औं स्थानमा छन् ।आसिफले सोमबार पीएनजीविरुद्ध २१ बलमा अविजित ५३ रनको पाली खेले ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफले ३४ खेलमा एक हजार ७३ रन जोडेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनी एक हजार रन कटाउने २ मध्ये एक नेपाली ब्याट्सम्यान हुन् । रोहितले पनि यो सफलता हात पारेका छन् ।
आसिफको नाममा एक शतक र एक अर्धशतक रहेको छ । विश्वकप लिग- २ मा आसिफ नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले २९ खेलमा ९३४ रन बनाएका छन् ।
उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा ११औं स्थानमा छन् । रोहितले ३२ खेलमा ८९३ रन बनाएका छन् ।
आजको जितपछि आइसीसी विश्वकप लिग-२ मा नेपालको ३५ खेलमा ३८ अंक भएको छ ।नेपाल अब शिर्ष तीनमा पुगेर विश्वकप क्वालिफायरमा छनौट हुन एक जित टाढा छ । नेपालले अब यस सिरिजको अन्तिम खेलमा आगामी विहिबार युएईको सामना गर्ने छ ।
नेपालले आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरेको छ । अब नेपालले बाँकी एक खेलमा जीत हासिल गरे सोझै विश्वकप शीर्ष तिनमा स्थान बनाउने छ।
नेपाल अब शिर्ष तीनमा पुगेर विश्वकप क्वालिफायरमा छनौट हुन एक जित टाढा छ । नेपालले अब यस सिरिजको अन्तिम खेलमा आगामी विहिबार युएईको सामना गर्ने छ ।