परीक्षा केन्द्रमा चरम लापरबाही भएपछी विद्यार्थीहरु द्वारा परीक्षा केन्द्र खारेजको माग – Khoj Dainiki

परीक्षा केन्द्रमा चरम लापरबाही भएपछी विद्यार्थीहरु द्वारा परीक्षा केन्द्र खारेजको माग

नेपालगंज।

साविक परीक्षा केन्द्र खारेज गरी नयाँ परीक्षा केन्द्र कायम गरिनुपर्ने माग सहित कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट नेपालगंजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन ।

विद्यार्थीहरुको माग सुनुवाई नभएको भन्दै अनिश्चितकालिन रुपमा कलेज प्रशासनमा तालावन्दी समेत गरिएको छ ।

अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनहरुको अगुवाईमा शुरु गरिएको संयुक्त आन्दोलन अन्र्तगत आज दिँउसो कलेजको गेटमा टायर बालेर विद्यार्थीहरुले पोखरा विश्वविद्यालय विरुद्ध चर्को नाराबाजी समेत गरे ।

मिति २०७९/०४/२१ गते सज्चालन हुनुपर्ने सातौँ सेमेस्टरको बिई सिभिल इन्जिनियरिड्ग अन्तर्गतको Design of RCC Structures विषयको परीक्षा, परिक्षा केन्द्र तोकिएको अल्पाइन म्यानेजमेन्ट कलेजले अत्याधिक लापर्बाही गर्दै २०७९/०४/२१ मा सज्चालन हुनुपर्ने परीक्षा २०७९/०४/२० गते नै सज्चालन गरेको थियो।

परीक्षा तालिका अनुसार २०७९/०४/२१ मा परीक्षा दिन जाँदा विद्यार्थीहरुलाई गैर जिम्मेवारी पूर्ण तरिकाबाट फिर्ता पठाइएकों र पछि पुरै विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा भएको परिक्षा पनि रद्द गर्नु परेको थियो ।

अहिले विश्वविद्यालयलाई नै असर पर्ने खालको कुरालाई भुल्दै पोखरा विश्वविद्यालय अन्र्तगत रहेको कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट नेपालगंजको परीक्षा केन्द्र अलपाइन म्यानेजमेन्ट कलेजमा कायम गरिएको छ ।

तर अलपाइनले आफना विद्यार्थीहरुलाई सहज वातावरण बनाईदिए पनि कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टका विद्यार्थीहरुलाई भने विगत देखी नै अत्याधिक लापरवाही र विभेद गर्ने गरेको आरोप लगाउदै तोकिएको परीक्षा केन्द्र प्रति विद्यार्थीहरुले असहमति जनाउदै आएका छन ।

हेर्नुहोस ध्यानाकर्षण पत्र समेत…


 

सम्बाददाता

Leave a Reply

Next Post

त्रिवि क्रिकेट मैदानमा सन्दीपले मच्चाएको त्यो तहल्का.....

Thu Feb 23 , 2023
काठमाडौँ । ब्याटिङ धरासायी हुँदा नेपालले पटक-पटक खेल हार्दै आइरहेको थियो । तर, आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु टिम नेपालसँगै नामिबिया र स्कटल्यान्डबीचको त्रिदेशीय सिरिजमा नेपाली ब्याटरले धेरै चमत्कार नै गरे । चार खेलमा चारै खेल जितेको नेपालका यी खेलाडीले तारिफयोग्य प्रदर्शन गरेका छन् । बलिंगमा भने सन्दीप लामिछाने […]

You May Like

error: