तनावपूर्ण खेलमा १० खेलाडीमा समेटिएको युनाईटेड प्यालेसविरुद्ध विजयी – Khoj Dainiki

तनावपूर्ण खेलमा १० खेलाडीमा समेटिएको युनाईटेड प्यालेसविरुद्ध विजयी

काठमाडौँ ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको तनावपूर्ण खेलमा १० खेलाडीमा खुम्चिएको म्यानचेस्टर युनाइटेडले जित हासिल गरेको छ।

तनावपूर्ण खेलमा उसले क्रिस्टल प्यालेसलाई पराजित गरेको हो। खेलमा अतिरिक्त ७ मिनेट समय थपिए पनि प्यालेसले बराबरी गर्न सकेन।

११ खेलाडी रहँदै २ गोल गरेको युनाइटेडले प्रतिरक्षा गर्दा प्यालेसले दोस्रो हाफमा १० खेलाडीमा खुम्चिएको युनाइटेडविरुद्ध बराबरी गर्न असफल रह्यो। योसँगै युनाइटेडले महत्वपूर्ण ३ अंक हासिल गर्न सफल रह्यो।

युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले सातौँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै १–० को अग्रता दिलाएका थिए। पछि रेडकार्ड पाएका क्यासेमिरोको सहयोगलाई ६२औँ मिनेटमा लयमा रहेका मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाएका थिए।

क्यासेमिरोले ७०औँ मिनेटमा रेडकार्ड खाएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो। सब्स्टिच्युटमा आएका ग्रानाचोलाई युनाइटेडले त्यसपछि प्रतिस्थापन गर्दै रक्षापंक्ति बलियो बनाएको थियो।

प्यालेसका लागि जेफ्रे स्कुपले ७६औँ मिनेटमा गोल गरे पनि उसले थप गोल गर्न नसक्दा बराबरी समेत गर्न नसकेको हो। योसँगै इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल पराजित हुँदा युनाइटेडले ३ अंक जोड्दै अंक दूरी छोट्याउन सफल रह्यो।

यस जितसँगै युनाईटेडले २१ खेलमा ४२ अंक जोडेको छ ।युनाईटेड तेस्रो स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३-० ले हराएको छ । लेस्टर सिटीले एस्टन भिल्लालाई ४-२ ले पराजित गर्दा ब्राइटनले बर्नेमाउथलाई १-० ले हराएको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

मेस्सीको आश्चर्यजनक गोलमा पीएसजीको जित, जितपछि यस्तो बन्यो अंकतालिका

Sun Feb 5 , 2023
काठमाडौँ । लियोनल मेसीको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा टुलोजलाई २–१ गोल अन्तरले हराएको छ। यो जितसँगै पीएसजीले अंक तालिकाको शीर्ष स्थानमा आठ अंकका अग्रता बनाएको छ। एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै पिएसजीले रोमाञ्चक जित निकाल्ने क्रममा थप गोल आचफर हामिमीले गरे। टुलोजका […]

You May Like

error: