काठमाडौँ ।
लियोनल मेसीको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा टुलोजलाई २–१ गोल अन्तरले हराएको छ।
यो जितसँगै पीएसजीले अंक तालिकाको शीर्ष स्थानमा आठ अंकका अग्रता बनाएको छ।
एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै पिएसजीले रोमाञ्चक जित निकाल्ने क्रममा थप गोल आचफर हामिमीले गरे। टुलोजका लागि ब्रान्को भान डेकोले गोल गरेका थिए।ब्रान्को भान डेकोले खेलको २० औ मिनेटमा गोल गर्दै टुलोजलाई सुरूआती अग्रता दिलाएका थिए।
तर खेलको ३८ औं मिनेटमा आचरफ हाकिमीको गोल गर्दै खेललाई पहिलो हाफमा १-१ गोलको बराबरीमा ल्याए।त्यसपछि खेलको ५८ औं मिनेटमा मेसीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। मेसीले २५ यार्डबाट गरेको उत्कृष्ट गोलनै निर्णयाक बन्दा पिएसजीले महत्वपूर्ण ३ अंक जोडेको छ।
चोटका कारण केयलिन एम्बाप्पे र नेयमारलाई गुमाइरहेको पीएसजीका लागि मेसीले यस सिजन आफ्नो दसौं लिग गोल गरेका हुन्। उनले यो सिजन समग्रमा १५ गोल गरिसकेका छन्।
यो जितले पीएसजीको २२ खेलबाट ५४ अंक भएको छ। दोस्रो स्थानमा रहेको मार्सेइलो २१ खेलबाट ४६ अंकसहित दोस्रो स्थानमा छ। तेस्रो स्थानको लेन्सले ४५ अंक जोडेको छ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मुख्य फरवार्ड केलियन एमबाप्पे तीन साता मैदान बाहिर नै रहने भएका छन् । खेलको दौरानमा घाइते हुन पुगेका एमबाप्पे लामो समय मैदानबाहिर रहँदा पीएसजीलाई भने ठूलो घाटा पुग्ने निश्चित छ ।
च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पीएसजीबीचको खेल फेब्रुअरी १५ तारिख हुँदैछ ।
पीएसजीले आफ्नै मैदानमा बायर्नसँग खेल्न लागेको हो । यो खेल पीएसजीको लागि निकै महत्वपूर्ण रहेको छ । तर यही खेलमा मुख्य खेलाडी एमबाप्पे नै हुने छैनन् ।
तिघ्राको चोटका कारण एमबाप्पे तीन साता मैदान बाहिर रहने क्लबले जनाइसकेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मोन्टपेलिएरलाई ३–१ ले हराएको थियो ।
खेलेको २१औं मिनेटमा नै एमबाप्पे चोट ग्रस्त बनेपछि मैदानबाट बाहिरिएका थिए । उनको स्थानमा ह्युगो इकिटिकले मौका पाएका थिए । घाइते हुनुअघि एमबाप्पेले दुई पटक पेनाल्टीमा गोल गर्न सकेनन् ।
च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा बायर्नविरुद्धको खेल एपबाप्पे नहुँदा पीएसजीलाई स्वभाविक दबाब हुनेछ । बायर्न र पीएसजीबीचको च्याम्पियन्स लिग प्रिक्वार्टरफाइनलको दोस्रो लेग मार्च मार्च ९ तारिखमा हुनेछ । यो दोस्रो लेगको खेलमा भने एमबाप्पे ठीक हुनेछन् ।
यो सिजन मात्रै २५ गोल गरिसकेका एमबाप्पेले बायर्नविरुद्धको खेल मात्रै गुमाउने होइनन् आजै राति हुने लिग वानमा टौलोजसँगको गुमाउँदै छन् । त्यस्तै, फ्रेन्च कप फुटबलमा मार्सेलीविरुद्ध र लिग वान कै अर्को खेल मोनाकोविरुद्धको खेल पनि उनले गुमाउँदै छन् ।
अंकतालिका: