महत्वपूर्ण खेलअघि एमबाप्पे बाहिरिदा पीएसजीलाई घाटै घाटा – Khoj Dainiki

महत्वपूर्ण खेलअघि एमबाप्पे बाहिरिदा पीएसजीलाई घाटै घाटा

काठमाडौँ ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मुख्य फरवार्ड केलियन एमबाप्पे तीन साता मैदान बाहिर नै रहने भएका छन् । खेलको दौरानमा घाइते हुन पुगेका एमबाप्पे लामो समय मैदानबाहिर रहँदा पीएसजीलाई भने ठूलो घाटा पुग्ने निश्चित छ ।

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पीएसजीबीचको खेल फेब्रुअरी १५ तारिख हुँदैछ ।

पीएसजीले आफ्नै मैदानमा बायर्नसँग खेल्न लागेको हो । यो खेल पीएसजीको लागि निकै महत्वपूर्ण रहेको छ । तर यही खेलमा मुख्य खेलाडी एमबाप्पे नै हुने छैनन् ।

तिघ्राको चोटका कारण एमबाप्पे तीन साता मैदान बाहिर रहने क्लबले जनाइसकेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मोन्टपेलिएरलाई ३–१ ले हराएको थियो ।

खेलेको २१औं मिनेटमा नै एमबाप्पे चोट ग्रस्त बनेपछि मैदानबाट बाहिरिएका थिए । उनको स्थानमा ह्युगो इकिटिकले मौका पाएका थिए । घाइते हुनुअघि एमबाप्पेले दुई पटक पेनाल्टीमा गोल गर्न सकेनन् ।

च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा बायर्नविरुद्धको खेल एपबाप्पे नहुँदा पीएसजीलाई स्वभाविक दबाब हुनेछ । बायर्न र पीएसजीबीचको च्याम्पियन्स लिग प्रिक्वार्टरफाइनलको दोस्रो लेग मार्च मार्च ९ तारिखमा हुनेछ । यो दोस्रो लेगको खेलमा भने एमबाप्पे ठीक हुनेछन् ।

यो सिजन मात्रै २५ गोल गरिसकेका एमबाप्पेले बायर्नविरुद्धको खेल मात्रै गुमाउने होइनन् आजै राति हुने लिग वानमा टौलोजसँगको गुमाउँदै छन् । त्यस्तै, फ्रेन्च कप फुटबलमा मार्सेलीविरुद्ध र लिग वान कै अर्को खेल मोनाकोविरुद्धको खेल पनि उनले गुमाउँदै छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

तनावपूर्ण खेलमा १० खेलाडीमा समेटिएको युनाईटेड प्यालेसविरुद्ध विजयी

Sun Feb 5 , 2023
काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको तनावपूर्ण खेलमा १० खेलाडीमा खुम्चिएको म्यानचेस्टर युनाइटेडले जित हासिल गरेको छ। तनावपूर्ण खेलमा उसले क्रिस्टल प्यालेसलाई पराजित गरेको हो। खेलमा अतिरिक्त ७ मिनेट समय थपिए पनि प्यालेसले बराबरी गर्न सकेन। ११ खेलाडी रहँदै २ गोल गरेको युनाइटेडले प्रतिरक्षा गर्दा प्यालेसले दोस्रो हाफमा […]

You May Like

error: