अल नासरका लागि पहिलो गोल गरेपछि यस्तो भन्छन रोनाल्डो – Khoj Dainiki

अल नासरका लागि पहिलो गोल गरेपछि यस्तो भन्छन रोनाल्डो

साउदी अरेबिया ।

साउदी प्रो लिग अन्तर्गत अल नासर अल फातेहसँग बराबरीमा रोकिएको छ ।

शुक्रबार राति सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले खेलको ९३औं मिनेटमा अल फातेहविरुद्ध पेनाल्टी मार्फत गोल गर्दै अल नासरलाई हारबाट जोगाएका छन् ।

रोनाल्डोको साउदी लिगमा अल नासरका लागि डेभ्यु गोल गरेका हुन् । २-१ ले पछि परेको अल नासरले रोनाल्डोको गोलमा बराबरीमा चित्त बुझाएको थियो ।

यस खेलको १२औ मिनेटमा क्रिस्तियन टेल्लोले गोल गर्दै फातेहलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि टालिस्काले गोल गर्दै अल नासरलाई खेलमा फर्काएका थिए । त्यसपछि खेलको ५८औं मिनेटमा सोफियाने बेनडेब्काले गोल गर्दै फातेहलाई २-१ को अग्रता दिलाएका थिए ।

यस खेलमा खेलको ९५औं मिनेटमा टालिस्काले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सिमित भएको थियो । यो बराबरीपछि अल नासर लिगमा शिर्ष स्थानमा उक्लिएको छ ।

अल नासरको १५ खेलमा ३४ अंक रहेको छ । त्यस्तै अल फातेहको १५ खेलमा २२ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

क्रिस्टियानो रोनाल्डोले आफ्नो नयाँ क्लब अल नसरका लागि शुक्रबार पहिलो गोल गरेका छन् । अल फतेहविरुद्ध खेलको अन्तिम मिनेटमा पेनाल्टीबाट गोल गर्दै रोनाल्डोले

पोर्चुगिज स्टार खेलाडीले गोल गरेपछि सामाजिक सञ्जालमार्फत खुसीयाली व्यक्त गरेका छन् । उनले इन्स्टाग्राममा लेखेका छन्, ‘साउदी लिगमा पहिलो गोल गरेकोमा र निकै कठिन खेलमा बराबरी हासिल गर्न पुरा टिमले गरेको मिहिनेतका लागि म खुसी छु ।’

अल नासरका लागि तेस्रो खेलमा रोनाल्डोले पहिलो गोल गरेका हुन् । साउदी अरेबियामा भने उनको यो पहिलो गोल थिएन । उनले गत जनवरीमा पीएसजीविरुद्धको मैत्रिपूर्ण खेलमा रियाद अलस्टारबाट खेल्दै दुई गोल गरेका थिए ।

सम्बाददाता

Leave a Reply

Next Post

पर्थ स्कोर्चर्सले लगातार दोस्रो पटक जित्यो बीबीएलको उपाधि, गर्यो मुम्बई इन्डियन्सको बराबरी

Sat Feb 4 , 2023
काठमाडौँ । एस्टन टर्नरको कप्तानीमा रहेको पर्थ स्कोर्चर्सले बिग ब्यास लिगको १२ औं सिजनको उपाधि जितेको छ । फाइनल खेलमा पर्थ स्कोर्चर्सले ब्रिसबेन हिटलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि कब्जा गरेको हो । पहिले ब्याटिङ गरेको ब्रिस्बेनको टोलीले २० ओभरमा ७ विकेट गुमाएर १७५/७ रन बनाएको थियो, […]

You May Like

error: