माइतीघरमा क्यान र सन्दीपविरुद्ध चर्को प्रदर्शन ! – Khoj Dainiki

माइतीघरमा क्यान र सन्दीपविरुद्ध चर्को प्रदर्शन !

काठमाडौं।

नाबालिग किशोरी ब’ला’त्कार आरोप लागेका पूर्वक्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालतबाट सफाइ पाएपछि खेलमा फर्काउने नेपाल क्रिकेट संघ (क्यान) को निर्णयविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ।

शनिबार क्रिकेटर राष्ट्रिय टिममा समावेश गरिएको भन्दै क्यान र लामिछानेविरुद्ध विरोधमा प्रदर्शन भएको हो।

यसअघि सन्दीपलाई क्यानले ब’ला’त्कार आरोप लागेपछि निलम्बन गरेको थियो। गत मंगलबार बसेको क्यान बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गरेको हो।

युवायुवती र महिलावादी अभियन्ताको पहलमा भएको विरोध प्रदर्शनमा क्रिकेट संघविरुद्ध नाराबाजी गरिनुका साथै सहभागीले विभिन्न नारा अंकित प्लेकार्ड बोकेका थिए।

क्यानले लामिछानेलाई शुक्रबारबाट बन्द प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेसँगै विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ। क्यानले आगामी महिना त्रिवि क्रिकेट मैदानमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाका लागि लामिछानेसँगै २० जनालाई बन्द प्रशिक्षणमा सहभागी गराएको छ।

साथै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ब’ला’त्कार अभियुक्तलाई कुनै पनि खालको उन्मुक्ति ग्राह्य नहुने बताएका छन्।

ब’ला’त्कार अभियुक्त सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्‍यान) ले निलम्बन फुकुवा गरेपछि शनिबार सामाजिक सञ्जालमार्फत उनले उक्त कुरा लेखेका हुन्।

उनले कोही नेता, कलाकार, लोकप्रिय खेलाडी भएपनि बलात्कार अभियुक्तलाई उन्मुक्ति दिने कुरा ग्राह्य नहुने बताएका हुन्। ‘कोही नेता लोकप्रिय होलान्, कोही कलाकार लोकप्रिय होलान्, कोही खेलाडी लोकप्रिय होलान।

यो बेग्लै कुरा हो,’ उनले भने, ‘तर ब’ला’त्कार अभियोग वा कुनै पनि अभियोग लागेका व्यक्तिलाई कुनै पनि खालको उन्मुक्ति दिने कुरा ग्राह्य हुन सक्दैन।’ बलात्कार अभियुक्त सन्दीन लामिछानेको निलम्बन फुकुवा गरेकाले त्‍यस सम्बन्धी पुनर्विचार गर्न क्यानको गम्भीर ध्‍यानाकर्षण गर्न पनि उनले बताए।

अहिले क्यानले निलम्बन फुकुवा गरेसँगै लामिछानेलाई बन्द प्रशिक्षणमा पनि समावेश गरेको छ। जसले गर्दा सामाजिक सञ्जालमा चौतर्फी विरोध भइरहेको छ।

यस विषयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार सार्वजनिक रुपमा आपत्ति जनाएलगत्तै अर्का महामन्त्री गगन थापाले पनि मुख खोलेका छन्।

महामन्त्री थापाले अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गर्नु आपत्तिजनक भएको बताएका छन्। उनले ब’ला’त्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन नहुने तर्क गरेका छन्।

‘मेरो धारणा स्पष्ट छ – ब’ला’त्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न’, उनले सामाजिक सञ्जालमा भनेका छन्।

सम्बाददाता

Leave a Reply

Next Post

सन्दिपलाई हरेक पल्ट साथ दिने तारा बराल पक्राउ !

Sat Feb 4 , 2023
काठमाडौँ । नाबालिग किशोरी ब’ला’त्कार आरोप लागेका पूर्वक्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालतबाट सफाइ पाएपछि खेलमा फर्काउने नेपाल क्रिकेट संघ (क्यान) को निर्णयविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ। शनिबार क्रिकेटर राष्ट्रिय टिममा समावेश गरिएको भन्दै क्यान र लामिछानेविरुद्ध विरोधमा प्रदर्शन भएको हो। यसअघि सन्दीपलाई क्यानले ब’ला’त्कार आरोप लागेपछि निलम्बन गरेको […]

You May Like

error: