सन्दीपलाई राष्ट्रिय टिमबाट हटाउन गगन थापा माग – Khoj Dainiki

सन्दीपलाई राष्ट्रिय टिमबाट हटाउन गगन थापा माग

काठमाडौँ ।

क्रिकेट एसोसिसन अफ नेपाल (क्यान) ले ब’ला’त्कार आरोपमा ९९ दिन जेल बसेर धरौटीमा रिहा भएका सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा राखेपछि आलोचना बढ्न थालेको छ।

यस विषयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार सार्वजनिक रुपमा आपत्ति जनाएलगत्तै अर्का महामन्त्री गगन थापाले पनि मुख खोलेका छन्।

महामन्त्री थापाले अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गर्नु आपत्तिजनक भएको बताएका छन्। उनले ब’ला’त्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन नहुने तर्क गरेका छन्।

‘मेरो धारणा स्पष्ट छ – ब’ला’त्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न’, उनले सामाजिक सञ्जालमा भनेका छन्।

थापाले एक साताअघि नै यो विषयमा कुरा उठेपछि आफूले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई पनि कुरा राखेको स्मरण गराएका छन्। ‘एक साताअघि नै यो प्रसङ्ग आउनासाथ क्यानका अध्यक्ष (जो नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत हुनुहुन्छ) लाई भेटेरै भनेको थिएँ’, उनले भनेका छन्,

‘अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग गरेको थिएँ। उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो। तर त्यसो हुन सकेन।’

उनले ब’ला’त्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन रहेका बेला सन्दीपलाई टिममा फर्काउनु गलत रहेको दोहोर्‍याएका छन्।

‘पुनः दोहोर्‍याउन चाहन्छु – बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ’, उनले भनेका छन्, ‘तत्काल फिर्ता लिनुपर्छ। नो इफ, नो बट।’

यसअघि कांग्रेस महामन्त्री शर्माले पनि क्यान अध्यक्षलाई फोन गरेर न्यायको नियम पालना गराउन आग्रह गरेको शुक्रबार बताएकाथिए।

‘क्यान अध्यक्षलाई फोनमा सोधेँ–खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नु पर्दैन?,’ शर्माले ट्विटरमा भनेका थि, ‘खेलकुदमन्त्री प्रधानमन्त्री नै हुनुहुन्छ। ध्यानाकर्षण गराउँछु–कि सही भएको छ, बधाई दिनोस्, कि यो प्रकरणमा पनि अदालत कुरौँ, हतारको गल्ती सच्याऊँ भन्नुस्। मौनता जिम्मेवार जवाफ हुन्न।’

यसैबीच क्यानले नेपालमै हुने त्रिदेशीय सिरिजका लागि सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काइसकेको छ। उनले शुक्रबार त्रिवि क्रिकेट मैदानमा टोलीका अन्य सदस्यसँगै प्रशिक्षण पनि सुरु गरिसकेका छन्।

सम्बाददाता

Leave a Reply

Next Post

सन्दीपलाई राष्ट्रिय टिमबाट खेलाउने बारे कांग्रेस उपसभापतिले पनि जनाए आपत्ति

Sat Feb 4 , 2023
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ब’ला’त्कार अभियुक्तलाई कुनै पनि खालको उन्मुक्ति ग्राह्य नहुने बताएका छन्। ब’ला’त्कार अभियुक्त सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्‍यान) ले निलम्बन फुकुवा गरेपछि शनिबार सामाजिक सञ्जालमार्फत उनले उक्त कुरा लेखेका हुन्। उनले कोही नेता, कलाकार, लोकप्रिय खेलाडी भएपनि बलात्कार अभियुक्तलाई उन्मुक्ति दिने कुरा ग्राह्य नहुने […]

You May Like

error: