काठमाडौँ ।
साउदी प्रो लिग अन्तर्गत अल नासर अल फातेहसँग बराबरीमा रोकिएको छ ।
शुक्रबार राति सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले खेलको ९३औं मिनेटमा अल फातेहविरुद्ध पेनाल्टी मार्फत गोल गर्दै अल नासरलाई हारबाट जोगाएका छन् ।
रोनाल्डोको साउदी लिगमा अल नासरका लागि डेभ्यु गोल गरेका हुन् । २-१ ले पछि परेको अल नासरले रोनाल्डोको गोलमा बराबरीमा चित्त बुझाएको थियो ।
यस खेलको १२औ मिनेटमा क्रिस्तियन टेल्लोले गोल गर्दै फातेहलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि टालिस्काले गोल गर्दै अल नासरलाई खेलमा फर्काएका थिए । त्यसपछि खेलको ५८औं मिनेटमा सोफियाने बेनडेब्काले गोल गर्दै फातेहलाई २-१ को अग्रता दिलाएका थिए ।
यस खेलमा खेलको ९५औं मिनेटमा टालिस्काले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सिमित भएको थियो । यो बराबरीपछि अल नासर लिगमा शिर्ष स्थानमा उक्लिएको छ ।
अल नासरको १५ खेलमा ३४ अंक रहेको छ । त्यस्तै अल फातेहको १५ खेलमा २२ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।
यो पनि : साफ यू-२० को पहिलो खेलमै नेपाल बंगलादेशसँग पराजित
बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ।
ढाकामा शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
बंगलादेशलाई जित दिलाउन मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले एक एक गोल गरिन् । नेपालका मनमाया दमाइले एक गोल फर्काईन् ।
यससँगै नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । बंगलादेशले भने पहिलो खेलमै ३ अंक जोडेको छ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । अब नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।