सन्दीपलाई टीममा नराख्न दुई महामन्त्रीको दबाब ! – Khoj Dainiki

सन्दीपलाई टीममा नराख्न दुई महामन्त्रीको दबाब !

काठमाडौं ।

नेपाली कांग्रेसका दुई महामन्त्रीले सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टिममा नराख्न नेपाल क्रिकेट संघलाई दबाब दिएका छन् ।

उनीहरु आफैंले सामाजिक सञ्जालमा स्टाटस लेख्दै दबाब दिएको खुलाएका हुन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नो स्टाटसमा सन्दीपलाई टिममा राखिएकोमा विरोध जनाएका छन् ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई आफूहरुले टिममा नराख्न भनेको तर उनले अटेर गरेको महामन्त्रीद्वयको भनाइ छ । महामन्त्री गगन थापाले बला’त्कारजस्तो गम्भीर अभियोग लागेको व्यक्तिलाई कुनै पनि बहानामा विशेषाधिकार पाउन नसक्ने बताएका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई आफूले भेटेरै अदालतको फैसला नआउञ्जेल हतारमा निर्णय नगर्न आफूले निर्देशन दिएको उनको भनाइ छ ।

‘उहाँले यस खालको निर्णय नगर्ने बताउनुभएको थियो, तर त्यसो हुन सकेन,’ थापाले लेखेका छन् । उनले क्यानको निर्णय फिर्ता लिनसमेत माग गरेका छन् ।

त्यस्तै, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आफूले क्यान अध्यक्षलाई फोन गरेको बताएका छन् । ‘खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नु पर्दैन ?’ भनि सोधेको उनको भनाइ छ । यस विषयमा उनले प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराएका छन् ।

नाबालिग ब’ला’त्कारको मुद्दा चलिरहँदा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान)को निर्णयले सामाजिक सञ्जालमा क्रिकेट प्रेमीहरुले पनि बिरोध गरेका छन्।

क्यानले फेब्रुअरीमा हुने त्रिदेशीय शृंखलाका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा सन्दीप लामिछानेको नाम पनि समावेश गरेको थियो। त्यसपछि ब’लात्कारको मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै क्यानले सन्दीपलाई समावेश गरेपछि सामाजिक सञ्जालमा अभियान सुरु भएको छ।

‘सरकार मौन । प्रतिपक्ष मौन । क्यान बलात्कार आरोपीको मतियार ! जनता भन्दैछन्, खबरदार ! भोलि १ बजे माइतीघर! #boycottCAN,’ एक ट्वीटर प्रयोगकर्ताले लेखेकी छन्।

यद्यपि, धरौटीमा रिहा भएका सन्दीप धरौटी रकम धेरै भएको र उच्च अदालतले शर्त राखेको भन्दै सर्वोच्च जाने तयारीमा छन्। भदौमा गौशालाको एक होटलमा नाबालिग बलात्कारको आरोप लागेका सन्दीप उच्च अदालतको आदेशपछि पुस २८ गते २० लाख धरौटीमा रिहा भएका थिए।

सन्दीपलाई धरौटी रकम धेरै लिएको र विदेश जान रोकेकाले त्यसको विरोधमा सर्वोच्च अदालत जान लागेको सन्दीपतर्फका कानुन व्यवसायी सरोज कृष्ण घिमिरेले जानकारी दिए।

‘हो, हामी सर्वोच्च अदालत जाने तयारीमा छौं। उच्च अदालतले सन्दीपलाई धेरै धरौटी रकम लिएको र विदेश जानबाट रोकेको छ, खेल्न पाउने एक खेलाडीको हैसियतमा उसको अधिकार हो, त्यसैले हामी सर्वोच्च जान लागेका हौं,’ उनले अन्नपूर्णसँग भने।

अदालतमा आफैँ हाजिर हुन आएका खेलाडीलाई खेल्न पाउने अधिकारबाट रोकेकाले त्यसको विरुद्धमा सर्वोच्च जानुपरेको पनि व्यवसायी घिमिरेले बताए।

सम्बाददाता

Leave a Reply

Next Post

साउदीमा रोनाल्डोले गरे आफ्नो पहिलो गोल, हारबाट जोगीयो अल नासर

Sat Feb 4 , 2023
काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर अल फातेहसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले खेलको ९३औं मिनेटमा अल फातेहविरुद्ध पेनाल्टी मार्फत गोल गर्दै अल नासरलाई हारबाट जोगाएका छन् । रोनाल्डोको साउदी लिगमा अल नासरका लागि डेभ्यु गोल गरेका हुन् । २-१ ले पछि परेको […]

You May Like

error: