साफ यू-२० को पहिलो खेलमै नेपाल बंगलादेशसँग पराजित – Khoj Dainiki

साफ यू-२० को पहिलो खेलमै नेपाल बंगलादेशसँग पराजित

काठमाडौं ।

बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ।

ढाकामा शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

बंगलादेशलाई जित दिलाउन मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले एक एक गोल गरिन् । नेपालका मनमाया दमाइले एक गोल फर्काईन् ।

यससँगै नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । बंगलादेशले भने पहिलो खेलमै ३ अंक जोडेको छ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । अब नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।

यो पनि : ए डिभिजन लिगमा कुल १८२ खेल, लागत १२ करोड, बिजेतालाई लाखौ पुरस्कार

अखिल नेपाल फुटबल संघ एन्फाले आगामी १९ फागुनबाट तय गरेको शहिद स्मारक ए डिभिजन लिगको तयारी जारी रहेको जनाएको छ। डबल राउन्ड रोबिनको आधारमा हुने लिगका खेलहरु तीनवटा मैदानमा हुने छन्।

प्रवक्ता किरण राईले लिगको काउन्ट डाउन सुरु भएको भन्दै तयारी तिब्र पारिएको जानकारी दिए। उनले भने ‘तयारी द्रुत गतिमा भइरहेको छ। ५० प्रतिशत तयारी सकिएको छ। प्रमोसन र प्राविधिक काम बाँकी रहेको छ।’

१८२ खेलहरु दशरथ रंगशाला, च्यासल खेल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना गरिने छ। सबै खेल मैदानको तयार भइरहेको एन्फाले जनाएको छ। एन्फाले पाँचौ चरणसम्मको खेल तालिका सार्वजानिक गरिसकेको भन्दै बाँकी खेल तालिका पाँचौ चरण सकिएपछि सार्वजानिक गरिने जानकारी गराएको छ।

हरेक खेलको विजेतालाई ५० हजार साथै एन्फाले हरेक खेलको विजेता टोलीलाई नगद ५०,००० हजार पुरस्कार दिइने जानकारी दिएको छ। खेल बराबरी भएको खण्डमा दुवै टोलीलाई समान रु २५,००० पाउने छन्।

त्यस्तै हरेका खेलको उत्कृष्ट खेलाडीलाई प्लेयर अफ द म्याच स्वरुप नगद १०,००० हजार प्राप्त गर्ने छन्। प्रतियोगिताका लागि कुल १२ करोड लागत अनुमान एन्फाले गरेको छ। लिगको मार्केटिङ्ग, बोर्डकास्टिङ्ग र टिकेटिङ्गको टेन्डर आह्वान गरिसकिएको भन्दै टेन्डरहरु यहि २३ माघमा खुल्ला गर्ने एन्फाले जनाएको छ।

प्रतियोगिताका लागि सबै १४ क्लबले क्लब दर्ता गरिसकेको पनि एन्फाले जानकारी दिएको छ। उसले लिगको तयारी खर्च स्वरुप हरेका क्लबहरुलाई प्रथम किस्ता स्वरुप जनही रु १५ लाख रुपैया उपलब्ध गराइसकेको पनि जनाएको छ। विजेतालाई ७५ लाख प्रतियोगितामा लिग विजेता टिमले ७५ लाख प्राप्त गर्दा उपविजेता टिमले ५० लाख र तेस्रो हुने टोलीले नगद २५ लाख प्राप्त गर्ने छन्।

लिगमा एक क्लबले फेयर प्ले अर्वाड स्वरुप रु तीन लाख पुरस्कार उपलब्ध गराइने छ। प्रतियोगितको सवोत्कृट खेलाडीलाई ३ लाख पुरस्कार उपलब्ध गराइने जनाइएको छ।

 

सम्बाददाता

Leave a Reply

Next Post

सन्दीपलाई टीममा नराख्न दुई महामन्त्रीको दबाब !

Sat Feb 4 , 2023
काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्रीले सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टिममा नराख्न नेपाल क्रिकेट संघलाई दबाब दिएका छन् । उनीहरु आफैंले सामाजिक सञ्जालमा स्टाटस लेख्दै दबाब दिएको खुलाएका हुन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नो स्टाटसमा सन्दीपलाई टिममा राखिएकोमा विरोध जनाएका छन् । क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई आफूहरुले […]

You May Like

error: