ए डिभिजन लिगमा कुल १८२ खेल, लागत १२ करोड, बिजेतालाई लाखौ पुरस्कार – Khoj Dainiki

ए डिभिजन लिगमा कुल १८२ खेल, लागत १२ करोड, बिजेतालाई लाखौ पुरस्कार

काठमाडौँ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आगामी १९ फागुनबाट तय गरेको शहिद स्मारक ए डिभिजन लिगको तयारी जारी रहेको जनाएको छ। डबल राउन्ड रोबिनको आधारमा हुने लिगका खेलहरु तीनवटा मैदानमा हुने छन्।

प्रवक्ता किरण राईले लिगको काउन्ट डाउन सुरु भएको भन्दै तयारी तिब्र पारिएको जानकारी दिए। उनले भने ‘तयारी द्रुत गतिमा भइरहेको छ। ५० प्रतिशत तयारी सकिएको छ। प्रमोसन र प्राविधिक काम बाँकी रहेको छ।’

१८२ खेलहरु दशरथ रंगशाला, च्यासल खेल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना गरिने छ। सबै खेल मैदानको तयार भइरहेको एन्फाले जनाएको छ। एन्फाले पाँचौ चरणसम्मको खेल तालिका सार्वजानिक गरिसकेको भन्दै बाँकी खेल तालिका पाँचौ चरण सकिएपछि सार्वजानिक गरिने जानकारी गराएको छ।

हरेक खेलको विजेतालाई ५० हजार साथै एन्फाले हरेक खेलको विजेता टोलीलाई नगद ५०,००० हजार पुरस्कार दिइने जानकारी दिएको छ। खेल बराबरी भएको खण्डमा दुवै टोलीलाई समान रु २५,००० पाउने छन्।

त्यस्तै हरेका खेलको उत्कृष्ट खेलाडीलाई प्लेयर अफ द म्याच स्वरुप नगद १०,००० हजार प्राप्त गर्ने छन्। प्रतियोगिताका लागि कुल १२ करोड लागत अनुमान एन्फाले गरेको छ। लिगको मार्केटिङ्ग, बोर्डकास्टिङ्ग र टिकेटिङ्गको टेन्डर आह्वान गरिसकिएको भन्दै टेन्डरहरु यहि २३ माघमा खुल्ला गर्ने एन्फाले जनाएको छ।

प्रतियोगिताका लागि सबै १४ क्लबले क्लब दर्ता गरिसकेको पनि एन्फाले जानकारी दिएको छ। उसले लिगको तयारी खर्च स्वरुप हरेका क्लबहरुलाई प्रथम किस्ता स्वरुप जनही रु १५ लाख रुपैया उपलब्ध गराइसकेको पनि जनाएको छ। विजेतालाई ७५ लाख प्रतियोगितामा लिग विजेता टिमले ७५ लाख प्राप्त गर्दा उपविजेता टिमले ५० लाख र तेस्रो हुने टोलीले नगद २५ लाख प्राप्त गर्ने छन्।

लिगमा एक क्लबले फेयर प्ले अर्वाड स्वरुप रु तीन लाख पुरस्कार उपलब्ध गराइने छ। प्रतियोगितको सवोत्कृट खेलाडीलाई ३ लाख पुरस्कार उपलब्ध गराइने जनाइएको छ।

त्यस्तै उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान रु दुइ-दुइ लाख पुरस्कार उपलब्ध गराउने एन्फाले जनाएको छ। त्यस्तै लिगको एक उदयमान खेलाडीलाई इर्मजिङ्ग प्लेयर घोषणा गर्दै नगद १ लाख पचास हजार दिइने छ।

इन्ट्रिग्रिटी ट्रेनिङ हुने एन्फाका लिग निर्देशक सन्जिब मिश्रले पहिलो चरणको खेल तालिका सार्वजनिक भईसकेको भन्दै उनले लिग अघि इन्ट्रीग्रिटि वर्कसप हुने जानकारी दिएका थिए।

फिफा डेको कारण पहिलो चरणको मात्र तालिका निकालेको भन्दै उनले लिगलाई राम्रो बनाउन लिग अघि इन्ट्रीग्रिटि वर्कसप गर्न लागेको जनाए।

सम्बाददाता

Leave a Reply

Next Post

साफमा बंगलादेश बिरुद्द भिड्दै नेपाल, यस्तो छ लाइभ हेर्ने सरल तरिका

Fri Feb 3 , 2023
काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिप आज शुक्रबारबाट ढाकामा सुरु हुँदैछ ।ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आज आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।प्रतियोगिताको पहिलो खेलमा भने भारत र भुटानबीच […]

You May Like

error: