नेपाल भर्सेस बंगलादेश आज,यस्तो छ खेल सुरु हुने समय – Khoj Dainiki

नेपाल भर्सेस बंगलादेश आज,यस्तो छ खेल सुरु हुने समय

काठमाडौं ।

बंगलादेशमा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिप आज शुक्रबारबाट ढाकामा सुरु हुँदैछ ।ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आज आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।प्रतियोगिताको पहिलो खेलमा भने भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको योजनामा हुनेछ । नेपालले प्रतियोगिताका लागि तयारी समेत राम्रो गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक यम गुरुङले पहिलो खेलमा टिम उत्कृष्ट प्रदर्शनका लागि तयार भएको बताईसकेका छन् । नेपालले प्रिती राईको कप्तानीमा प्रतियोगिता खेल्दैछ ।

अनुभवी प्रिती सिनियर राष्ट्रिय टोलीका सदस्य समेत हुन् ।प्रितीले पनि प्रतियोगितामा राम्रो नतिजा ल्याउन टिम तयार रहेको बताईसकेकी छिन् ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाएपछि सामाजिक सञ्जालमा क्यानको चर्को आलोचना

Fri Feb 3 , 2023
काठमाडौं नाबालिग बलात्कारको मुद्दा चलिरहँदा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान)को निर्णयले सामाजिक सञ्जाल तातिएको छ। क्यानले फेब्रुअरीमा हुने त्रिदेशीय शृंखलाका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा सन्दीप लामिछानेको नाम पनि समावेश गरेको थियो। त्यसपछि बलात्कारको मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै क्यानले सन्दीपलाई समावेश गरेपछि सामाजिक सञ्जालमा अभियान […]

You May Like

error: