२९ वर्षमै भारानेले किन लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास ? – Khoj Dainiki

२९ वर्षमै भारानेले किन लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास ?

काठमाडौं ।

सबैलाई आश्चर्यचकित बनाउँदै फ्रान्सका डिफेण्डर रफायल भारानेले २९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

करिब एक दशक लामो अन्तर्राष्ट्रिय करिअरमा उनले फ्रान्सका लागि ९३ खेल खेलेका छन् । सन् २०१८ को विश्वकप विजेता उनको टिम चार वर्षपछि कतार विश्वकपमा फाइनलमा पराजित भएको थियो ।

म्यानचेस्टर युनाइटेडका यी खेलाडीले सन् २०१३ मा जर्जियाविरुद्धको खेलबाट फ्रान्सका लागि डेब्यू गरेका थिए । सो खेलमा फ्रान्स ३–१ ले विजयी थियो ।

सन् २०१८ को विश्वकपको उपाधि जित्दा भारानेले फ्रान्सले खेलेका सबै खेलमा शतप्रतिशत समय खेलेका थिए । क्रोएसियालाई फाइनलमा ४–२ ले हराएर फ्रान्सले दोस्रोपल्ट विश्वकप उपाधि जितेको थियो ।

सोही वर्ष भारानेले रियल मड्रिडका लागि चौथोपल्ट च्याम्पियन्स लिगको उपाधि जितेका थिए भने चौथो पल्ट क्लब विश्वकप खेलेका थिए । उनी विश्वकै उत्कृष्टमध्येका डिफेण्डरमा गनिन्छन् ।

घरेलु र अन्तर्राष्ट्रिय फुटबलको व्यस्त तालिकाले असर पारेको र परिवारसँग बढीभन्दा बढी समय विताउने भन्दै उनले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने निर्णय गरेका हुन् ।

यो पनि :पीएसजीलाई ठूलो झट्का,पहिलो रोजाईको गोलरक्षकले छाडे पीएसजी

इङ्लिस क्लब नटिङ्घम फरेस्टले पेरिस सेन्ट जर्मन (पीएसजी) का गोल रक्षक केलोर नाभासलाई भित्र्याएको छ।तीन पटकका च्याम्पियन्स लिग विजेता गोल रक्षक नाभासलाई फरेस्टले ऋणमा जारी सिजनका लागि भित्र्याएको हो।

पीएसजीले नाभास जारी सिजनको अन्त्यसम्म लोनमा प्रिमियर लिग क्लबमा अनुबन्ध भएको घोषणा गरेको छ। नटिङ्घम फरेस्ट यसै सिजन प्रिमियर लिगमा बढुवा भएको क्लब हो। उसले लिगमा टिक्न संघर्ष गरिरहेको छ।

नाभासले साढे तीन वर्षको अवधिमा पीएसजीलाई दुईवटा लिग उपाधिका साथै पाँचवटा घरेलु ट्रफी जिताउन मद्दत गरेका थिए। नाभासले रियल म्याड्रिडबाट २०१६/२०१७ को सिजनसम्म रहँदा ला लिगा, स्पेनिस सुपर कप र पाँच सिजनमा चार क्लब विश्वकपको उपाधि पनि जितेका थिए।

२०१९ मा पीएसजीमा अनुबन्ध भएपछि ३६ वर्षीय नाभास शुरुवाती रोजाइको गोलकिपर थिए। उनले २०२१ मा तीन वर्षको सम्झौता थप गरेका थिए।

यद्यपि, लिग १ क्लबले २०२१ मा इटालियन गोल रक्षक जियानलुइगी डोनारुमालाई अनुबन्ध गरेपछि उनी दोस्रो रोजाइमा पर्न थालेका थिए। नाभास पहिलो पटक २०१४ को विश्वकपमा विश्वका उत्कृष्ट गोलकिपरका रूपमा उभिएका थिए।

सम्बाददाता

Leave a Reply

Next Post

चोटका कारण टिमबाट बाहिरिए एम्बापे !

Fri Feb 3 , 2023
काठमाडौं । पेरिस सेन्ट जर्मने (पीएसजी) ले फ्रेन्च लिगमा वानमा मोन्टेपिलरलाई बुधबार रातl ३-१ ले पराजित गर्दा स्टार फरवार्ड केलियन एमबाप्पेका लागि भने बिर्सनलायक बन्यो । एमबाप्पेले घाइते भएर मैदान छाड्नुअघि दुई पटक पेनाल्टीमा चुके भने पोष्ट नजिकैबाट रिबाउन्डमा पनि गोल गर्न सकेनन् । पीएसजीलाई जित दिलाउन फाबियन रुइज, लिओनल […]

You May Like

error: