राष्ट्रिय टिममा फर्किए सन्दिप, पहिलो चरणबाट बाहिरिए १० खेलाडी – Khoj Dainiki

राष्ट्रिय टिममा फर्किए सन्दिप, पहिलो चरणबाट बाहिरिए १० खेलाडी

काठमाडौं ।

नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसहितको टिम घोषणा गरेको छ ।

यसअघिको २८ सदस्यीय टोलीबाट १० जना कटौती गर्दै सन्दीप लामिछाने र प्रतिश जिसीलाई थपेर २० सदस्यीय टिम घोषणा गरिएको हो ।

बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान लामिछानेलाई क्यानले बन्द प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टिममा समावेश गरेको हो ।

नाबालिगलाई बलात्कार गरेको आरोप लागेका सन्दीप उच्च अदालत पाटनको आदेशबाट धरौटीमा छुटेका हुन् । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिबिया विरुद्ध हुने शृंखलाका लागि यसअघि नेपाल क्रिकेट संघ क्यानले पहिलो चरणको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाएको थियो ।

त्यसबेला सन्दीप र प्रतिश थिएनन् । दोस्रो चरणमा कूल २० खेलाडी राख्दा २ नयाँ खेलाडी थपिए भने पहिलो चरणबाट १० खेलाडी बाहिरिएका छन् ।

दोस्रो चरणमा सन्दीप र प्रतिशसँगै कप्तान रोहित पौडेल कुशल भुर्तेल आसिफ शेख ज्ञानेन्द्र मल्ल कुशल मल्ल आरिफ शेख दीपेन्द्र सिंह ऐरी गुलशन झा करण केसी सन्दीप लामिछाने ललित राजवंशी सन्दीप जोरा भिम शार्की कमल सिंह ऐरी किशोर महतो मौसम ढकाल सूर्य तामाङ सोमपाल कामी र अर्जुन साउद छन् ।

शरद भेषावकर, विनोद भण्डारी, सिद्धान्त लोहनी, अभिनाश बोहरा, विवेक यादव, अनिल साह, विक्रम सोब, भुवन कार्की, अंकित सुवेदी र सागर ढकाल बाहिरिएका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

विश्वकप क्रिकेट लिग-२ मा जित्नै पर्ने दबाबमा नेपाल, एकदिवसीय वरीयता खतरामा

Thu Feb 2 , 2023
काठमाडाैँ। नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी १४ फेब्रुअरीदेखि २१ फेब्रुअरी (२ देखि ९ फागुन) सम्म कीर्तिपुर मैदानमा नामिबिया, स्कटल्यान्ड र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेल्दै छ। २०१९ देखि २०२३ सम्मको यो यात्रामा नेपालले कुल ३६ खेल खेल्ने छ जहाँ २४ खेल नेपालले खेलिसकेको छ। अंक तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा […]

You May Like

error: