काठमाडौं ।
पेरिस सेन्ट जर्मने (पीएसजी) ले फ्रेन्च लिगमा वानमा मोन्टेपिलरलाई बुधबार रातl ३-१ ले पराजित गर्दा स्टार फरवार्ड केलियन एमबाप्पेका लागि भने बिर्सनलायक बन्यो ।
एमबाप्पेले घाइते भएर मैदान छाड्नुअघि दुई पटक पेनाल्टीमा चुके भने पोष्ट नजिकैबाट रिबाउन्डमा पनि गोल गर्न सकेनन् ।
पीएसजीलाई जित दिलाउन फाबियन रुइज, लिओनल मेसी र वारेन जैरे एमेरीले गोल गरे । मोन्टपोलिएरका एर्नाअड नोर्दिनले एक गोल फर्काए । यस जितपछि फीएजीले दोस्रो स्थानको मरासेमाथि ५ अंकको अग्रता बनाएको छ ।
एम्बाप्प्पे आफ्नो दाहिने खुट्टाको घुँडामुनि समातेर पहिलो हाफको केही मिनेटमै बिचबाट बाहिरिएका थिए। टिभी क्यामेराहरूले ड्रेसिङ रुममा जाँदा उनको बायाँ तिघ्राको पछाडि रगडेको पनि देखाएको थियो।
पीएसजी कोच क्रिस्टोफ गाल्टियर भन्छन “के यो घाउ हो? हामीलाई अझै थाहा छैन। यो धेरै गम्भीर देखिँदैन, हामी धेरै चिन्तित छैनौं।”
सर्जियो रामोस र केलियन एम्बाप्पे दुवै पहिलो हाफमा घाइते भएका थिए भने नेयमार मांसपेशीको थकानका कारण पूरै बाहिरिएका छन्। अब बाकि खेलहरुमा मेस्सीमाथि टिमलाई जित दिलाउन धेरै जिम्मेबारी बढेको छ।
अब पीएसजीले अर्को खेल ४ फेब्रुवरी सनिबार टुलुज(TOULOUSE) बिरुद्द खेल्दै छ । २१ खेलबाट पीएसजीको ५१ अंक छ भने मर्सेको समान खेलबाट ४६ अंक छ । नान्ट्सलाई २-० ले हराएर मार्से दोस्रो स्थानमा उक्लेको छ । खेलको १०औं मिनेटमा पीएसजीले पेनाल्टी पाएको थियो । तर एमबाप्पेको पेनाल्टी मोन्टेपिलरका गोलकिपरले रोके ।
गोलकिपर पेनाल्टी प्रहार गर्नुअघि नै अगाडि बढिसकेको कारण पुनः पेनाल्टी प्रहार गरिएको थियो । तर एमबाप्पेको प्रहार पोष्टमा लागेर फर्कियो । रिबाउन्डको उनको प्रहार बारमाथिबाट बाहिरियो ।
२१औं मिनेटमा घाइते एमबाप्पेले मैदान छाड्नुपर्यो । ५२औं मिनेटमा पीएसजीका अच्रफ हिकमीले गोल गरेपछि भिएआरले मान्यता दिएन । त्यसपछि सबै गोल दोस्रो हाफमा भए ।
फाबियन रुइजले ५५औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । मेसीले रुइजकै पासमा ७२औं मिनेटमा पीएसजीका लागि दोस्रो गोल गरे ।
८९औं मिनेटमा मोन्टेपिलरका नोर्दिनले गोल गर्दै गोल अन्तर घटाए । तर इन्जुरी टाइममा वारेन एमेरीले गोल गरेपछि पीएसजीले जित निकाल्यो । वारेन पीएसजीको इतिहासमा गोल गर्ने कान्छा खेलाडी बने ।