न्युजिल्यान्डविरुद्ध कीर्तिमानि सतक बनाएपछि शुभमन गिलले दिए रोचक प्रतिक्रिया – Khoj Dainiki

न्युजिल्यान्डविरुद्ध कीर्तिमानि सतक बनाएपछि शुभमन गिलले दिए रोचक प्रतिक्रिया

काठमाडौँ ।

न्युजिल्यान्ड विरुद्धको तेस्रो टी-२० खेलमा आफ्नो धमाकेदार शतकलाई शुभमन गिलले ठूलो प्रतिक्रिया दिएका छन् ।

यस खेलमा गिलले कीर्तिमान बनाएका थिए । खेलपछि उनले ठुलो स्कोर गर्नेमा आफूलाई पूर्ण विश्वास रहेको बताएका छन ।

अहमदाबादमा भएको तेस्रो टी–२० खेलमा भारतीय टोलीले न्युजिल्यान्डलाई १६८ रनले नराम्रोसँग पराजित गरेको छ । पहिले ब्याटिङ गरेको टीम इन्डियाले ओपनर शुभमन गिलको उत्कृष्ट शतकको मद्दतले किवी टोलीसामु २३५ रनको ठूलो लक्ष्य राखेको थियो ।

जसको जवाफमा पाहुना टोली ६६ रन मात्रै अलआउट भयो। शुभमन गिलले ६३ बलमा १२ चौका र ७ छक्का प्रहार गर्दै अविजित १२६ रनको इनिङ खेले ।

शुभमन गिललाई उनको सानदार पारीका लागि प्लेयर अफ द म्याच घोषित गरियो र त्यसपछि उनले ठूलो बयान दिएका छन्। गिलले भने, “हार्दिक पाण्डेयले मलाई मेरो हिसाबले खेल खेल्न भने ।

जब तपाइँ अभ्यास गर्नुहुन्छ र तपाइँ परिणाम प्राप्त गर्नुहुन्छ, तब धेरै राम्रो लाग्छ। मैले ठूलो स्कोर हासिल गर्न आफूलाई साथ दिएँ। श्रीलंका बिरुद्दको सिरिजमा यो गर्न सकेको थिएन तर अहिले गरेको छु ।

छक्का प्रहार गर्ने सबैको फरक तरिका हुन्छ। हार्दिक भाइले मलाई मेरो खेल खेल्न भन्नुभयो। भारतका लागि खेल्ने मेरो सपना थियो र म तीनवटै ढाँचामा टोलीको हिस्सा हुन पाउँदा भाग्यमानी छु।”

यस खेलमा भारतीय टोलीले टी-२० अन्तर्राष्ट्रिय ढाँचामा रनको हिसाबले आफ्नो सबैभन्दा ठूलो जित दर्ता गरेको छ। यसअघि सन् २०१८ मा आयरल्याण्डविरुद्धको खेलमा भारतीय टोलीले १४३ रनले विजयी भएको थियो । टीम इन्डियाले सिरिज २–१ ले जितेको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

अब पीएसजीको इज्जत मेस्सीको हातमा, बाहिरिन सक्छन अन्य स्टार खेलाडी

Thu Feb 2 , 2023
काठमाडौं । पेरिस सेन्ट जर्मने (पीएसजी) ले फ्रेन्च लिगमा वानमा मोन्टेपिलरलाई बुधबार रातl ३-१ ले पराजित गर्दा स्टार फरवार्ड केलियन एमबाप्पेका लागि भने बिर्सनलायक बन्यो । एमबाप्पेले घाइते भएर मैदान छाड्नुअघि दुई पटक पेनाल्टीमा चुके भने पोष्ट नजिकैबाट रिबाउन्डमा पनि गोल गर्न सकेनन् । पीएसजीलाई जित दिलाउन फाबियन रुइज, लिओनल […]

You May Like

error: