पीएसजीलाई ठूलो झट्का,पहिलो रोजाईको गोलरक्षकले छाडे पीएसजी – Khoj Dainiki

पीएसजीलाई ठूलो झट्का,पहिलो रोजाईको गोलरक्षकले छाडे पीएसजी

काठमाडौँ ।

इङ्लिस क्लब नटिङ्घम फरेस्टले पेरिस सेन्ट जर्मन (पीएसजी) का गोल रक्षक केलोर नाभासलाई भित्र्याएको छ।तीन पटकका च्याम्पियन्स लिग विजेता गोल रक्षक नाभासलाई फरेस्टले ऋणमा जारी सिजनका लागि भित्र्याएको हो।

पीएसजीले नाभास जारी सिजनको अन्त्यसम्म लोनमा प्रिमियर लिग क्लबमा अनुबन्ध भएको घोषणा गरेको छ। नटिङ्घम फरेस्ट यसै सिजन प्रिमियर लिगमा बढुवा भएको क्लब हो। उसले लिगमा टिक्न संघर्ष गरिरहेको छ।

नाभासले साढे तीन वर्षको अवधिमा पीएसजीलाई दुईवटा लिग उपाधिका साथै पाँचवटा घरेलु ट्रफी जिताउन मद्दत गरेका थिए। नाभासले रियल म्याड्रिडबाट २०१६/२०१७ को सिजनसम्म रहँदा ला लिगा, स्पेनिस सुपर कप र पाँच सिजनमा चार क्लब विश्वकपको उपाधि पनि जितेका थिए।

२०१९ मा पीएसजीमा अनुबन्ध भएपछि ३६ वर्षीय नाभास शुरुवाती रोजाइको गोलकिपर थिए। उनले २०२१ मा तीन वर्षको सम्झौता थप गरेका थिए।

यद्यपि, लिग १ क्लबले २०२१ मा इटालियन गोल रक्षक जियानलुइगी डोनारुमालाई अनुबन्ध गरेपछि उनी दोस्रो रोजाइमा पर्न थालेका थिए। नाभास पहिलो पटक २०१४ को विश्वकपमा विश्वका उत्कृष्ट गोलकिपरका रूपमा उभिएका थिए।

जतिबेला उनले कोस्टारिकालाई क्वार्टरफाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए। फरेस्टले न्युक्यासल युनाइटेडका मिडफिल्डर जोन्जो शेल्भी र एट्लेटिको मड्रिडका डिफेन्डर फेलिपेलाई मंगलबार नै अनुबन्धन गरेको छ।

प्रिमियर लिगमा आफ्नो पहिलो सिजनको सुस्त सुरुवात पछि फरेस्ट तालिकामा १३ औं स्थानमा छ। रेलिगेसन जोनबाट मात्रै चार अंकमाथि छ।

सम्बाददाता

Leave a Reply

Next Post

एम्बाप्पेले दुई पेनाल्टीमा चुक्दा मेस्सीले दिलाए पिएसजीलाई सानदार जित

Thu Feb 2 , 2023
काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले मोन्टपेल्लीएरलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले मोन्टपेल्लीएरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा फाबियन रुइज, लियोनेल मेसी र वारेन जैर एमेरीले एक एक गोल गरेका थिए ।यस खेलमा किलियन एम्बाप्पेले दुई पेनाल्टी मिस गरेका थिए । उनले […]

You May Like

error: