गीलको तुफानी सतकमा न्यूजील्याण्ड विरुद्द भारतको कीर्तिमानी जीत – Khoj Dainiki

गीलको तुफानी सतकमा न्यूजील्याण्ड विरुद्द भारतको कीर्तिमानी जीत

काठमाडौं।

हार्दिक पाण्ड्याको कप्तानीमा भारतले लगातार चौथो टी–२० सिरिज जितेको छ । भारतले तीन टी–२० सिरिजको तेस्रो खेलमा न्युजिल्यान्डलाई १६८ रनले पराजित गरेको हो । भारतीय कप्तान हार्दिक पाण्डेयले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए ।

टिम इन्डियाले २० ओभरमा चार विकेट गुमाएर २३४ रन बनाएको थियो । शुभमन गिलले ६३ बलमा अविजित १२६ रन बनाए । जवाफमा न्युजिल्यान्डको टोली १२.१ ओभरमा ६६ रनमा सिमित भयो।

यो टी-२० इतिहासमा भारतको सबैभन्दा ठूलो जित हो। यसअघि २०१८ मा भारतले आयरल्याण्डलाई १४८ रनले हराएको थियो। अर्कोतर्फ, यो टी-२० इतिहासमा न्यूजिल्याण्डको सबैभन्दा ठूलो हार हो।

यसअघि सन् २०१० मा पाकिस्तानसँग न्यूजिल्याण्ड १०३ रनले पराजित भएकाे थियो ।भारतका लागि शुभमन गिलले सर्वाधिक रन बनाए । उनले ६३ बलमा अविजित १२६ रन बनाए ।

न्यूजिल्याण्डका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंक छुन सके । ड्यारेल मिचेलले ३५ र कप्तान मिचेल सान्टनरले १३ रन बनाए । भारतका लागि कप्तान हार्दिक पाण्ड्याले सर्वाधिक ४ विकेट लिए ।

अर्शदीप सिंह, उमरान मलिक र शिवम मावीले २–२ विकेट लिए ।इशान किशन र शुभमन गिलबाट राम्रो सुरुवातको अपेक्षा गरिएको थियो तर किशन फेरि असफल भए । उनी तीन बलमा एक रन बनाएर पभेलियन फर्किए ।

एक विकेटको पतनपछि राहुल त्रिपाठी र शुभमन गिलले इनिङ्सलाई सम्हालेका थिए । दुबैले दोस्रो विकेटका लागि ४२ बलमा ८० रनको साझेदारी गरे । त्रिपाठीले छिटो रन बनाए । उनले २२ बलमा ४४ रन बनाए ।

उनी टी-२० मा आफ्नो पहिलो अर्धशतकको नजिक थिए तर ईश सोधीको छक्का प्रहार गर्ने प्रयासमा क्याच आउट भए। त्रिपाठीले आफ्नो पारीमा चार चौका र तीन छक्का प्रहार गरे ।त्रिपाठी आउट भएपछि गिलले सूर्यकुमार यादवसँग तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरे।

सूर्यकुमार १३ बलमा २४ रन बनाएर आउट भए । उनको पछि क्रिजमा आएका कप्तान हार्दिक पाण्ड्याले गिललाई राम्रो साथ दिए । पाण्ड्याले १७ बलमा ३० रन बनाए । उनले गिलसँग ४० बलमा १०३ रनको साझेदारी गरे। न्यूजिल्याण्डका लागि माइकल ब्रेसवेल, ब्लेयर टिकनर, इश सोधी र ड्यारेल मिचेलले एक एक विकेट लिए ।

सम्बाददाता

Leave a Reply

Next Post

पीएसजीलाई ठूलो झट्का,पहिलो रोजाईको गोलरक्षकले छाडे पीएसजी

Thu Feb 2 , 2023
काठमाडौँ । इङ्लिस क्लब नटिङ्घम फरेस्टले पेरिस सेन्ट जर्मन (पीएसजी) का गोल रक्षक केलोर नाभासलाई भित्र्याएको छ।तीन पटकका च्याम्पियन्स लिग विजेता गोल रक्षक नाभासलाई फरेस्टले ऋणमा जारी सिजनका लागि भित्र्याएको हो। पीएसजीले नाभास जारी सिजनको अन्त्यसम्म लोनमा प्रिमियर लिग क्लबमा अनुबन्ध भएको घोषणा गरेको छ। नटिङ्घम फरेस्ट यसै सिजन प्रिमियर […]

You May Like

error: