बराबरीमा रोकियो अन्जन र किरण बिरुद्दको खेल, अन्जनले गरे सानदार प्रदर्शन – Khoj Dainiki

बराबरीमा रोकियो अन्जन र किरण बिरुद्दको खेल, अन्जनले गरे सानदार प्रदर्शन

काठमाडौँ ।

नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अन्जन विष्टले भारतको दोस्रो श्रेणीको लिग आई-लिगमा दोश्रो खेल खेलेका छन् । अन्जनले आइतबार मुम्बई केन्क्रेका लागि खेल्दै आई लिगमा डेब्यु गरेका थिए।

अन्जनले आफ्नो दोश्रो खेल किरण चेम्जोङको टोलिविरुद्द खेलेको छन र खेल ३-३ गोलको बराबरीमा सुखद अत्य भएको छ ।

पहिलो हाफमा दुवै टोलि ३-३ गोल गर्दै बराबरीमा रोकिएका थिए र त्यसपछी कुनै टिमले निर्धारित गोल गर्न सकेन। आइलिग़को आफ्नो दोश्रो खेलमा अन्जनले उत्कृस्ट प्रदर्शन गर्दै २ मीनेटमा २ असिस्ट गर्न सफल भएका छन्।

किरण चेम्जोङ आबद्ध क्लब बिरुद्द अन्जनले खेलको सुरुवाती २ मिनेटमै असिस्ट गर्दै गोलमा मद्दत गरेका थिए। अन्जनको पहिलो असिस्टलाई रंजित पांद्रेले सुरुको २ औ मिनेटमा गोलमा परिणत गरेका थिए।

भने खेलको ५ औ मिनेटमा अमन गाइकवाडले अन्जनको दोस्रो असिस्टलाई गोलमा परिणत गरेका थिए । रंजित पांद्रेले खेलको ४० औ मिनेटमा आफ्नो दोश्रो र टिमको लागि तेश्रो गोल गरे ।

भने राउण्ड ग्लास पञ्जाब एफसी ले उत्कृस्ट कम्ब्याक गर्दै चेन्चो ग्याल्त्सेन र एन सिंहले २६ औ र २७ औ मिनेटमा लगातार २ गोल गरे। भने ३९ औ मिनेटमा एल माजेनले टिमको लागि तेश्रो गोल गरेको हुन् ।

अन्जनको पहिलो डेब्यु खेल भने सुखद रहेको थिएँन । अन्जनले पूरा ९० मिनेट मैदानमा बिता एपनि केन्क्रे साविक विजेता गोकुलम केरलासँग १-० ले पराजित भयो ।

गोकुलमका लागि सर्जियो मेन्डीले २१औं मिनेटमा गोल गरे । गोकुलमका राहुल राजु ५५औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि १० खेलाडीमा सिमित भएको थियो । तर केन्क्रेले त्यसको फाइदा उठाउन सकेन ।

गोकुलमसँग पराजित भएपछि रेलिगेसन जोनमा रहेको केन्क्रेलाई दबाब बढेको छ । १४ खेल खेल्दा जम्मा ३ खेल जितेको केन्क्रे १३ अंकसहित ११औं स्थानमा छ । मनाङ मर्स्याङ्दी क्लब छाडेर ए डिभिजनको नवप्रवेशी चर्च ब्वाइज युनाइटेडमा आबद्ध भएका अन्जन क्लबको सहमतिमा आई लिग खेल्न गएका हुन् ।

यस सिजनको आई लिग सकिएपछि अन्जन शहीद स्मारक ए डिभिजन लिग खेल्न नेपाल फर्कनेछन् । जारी आई लिग आगामी मार्च २ मा सकिनेछ । नेपालमा ए डिभिजन लिग मार्च ३ अर्थात फागुन १९ गतेदेखि सुरु हुनेछ ।

सन् २०१४ फिलिपिन्स विरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यु गरेका अन्जनले नेपालको राष्ट्रिय ५२ खेलमा ११ गोल गरेका छन् । नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण कुमार लिम्बु पनि आई लिगमा राउण्डग्लास पञ्जावबाट खेलिरहेका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

हुलासले ल्यायो १०० लखपती अफर

Wed Feb 1 , 2023
काठमाडौं । हुलासले १०० लखपती लक्की ड्र अफर योजना ल्याएको छ । यो योजना २०७९ साल माघ १५ गते देखि चैत्र १५ गते सम्म लागू हुने छ । र, यसका लगि सो अवधिमा न्यूनतम ३ बण्डल हुलास रंगिन जस्तापाता खरिदमा गरेकै हुनु पर्नेछ । लक्की–ड्र मा सहभागी हुन उपलब्ध गराइएको […]

You May Like

error: