क्यानको नयाँ ग्रेडिङ सार्वजनिक, ज्ञानेन्द्र ‘बी’मा झरे, यस्तो छ अन्यको स्थान

काठमाडौँ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ।

मंगलवार पोखरामा बसेको क्यानको बोर्ड बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई कन्ट्र्याक्टमा राख्ने निर्णय गरेको हो ।

क्यानको नयाँ ग्रेडिङमा पुरुषतर्फ ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करन केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख छन्। पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई ‘बी’ ग्रेडमा झारिएको छ । उक्त ग्रेडमा आरिफ शेख र कुशल भुर्तेल पनि परेका छन् ।

ग्रेड ‘सी’मा रहेका खेलाडीमा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन्।

तर, नयाँ ग्रेडिङमा पूर्वकप्तान सन्दीप लामिछानेलाई भने समेटिएको छैन । हिजाेकै बैठकले लामिछानेमाथि लगाएको निलम्बन फुकुवासमेत गरेको छ । तर, उनी नयाँ ग्रेडिङमा नसमेटिएका हुन् ।

किशोरी बला’त्कार आरोपमा पक्राउ पुर्जी जारी भएपछि क्यानले सन्दीपलाई भदौ २३ मा निलम्बन गरेको थियो । तर, हालै विभिन्न शर्तसहित २० लाख रुपैयाँ धरौटीमा थुनामुक्त भएपछि उनलाई खेलमा फर्काउन क्यानले निलम्बन फुकुवा गरेको हो ।

नयाँ ग्रेडिङमा महिलातर्फ भने रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा ग्रेड एमा परेकी छन् । साथै ग्रेड बीमा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन् भने कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगमलाई ग्रेड सीमा राखिएको छ।

सम्बाददाता

Leave a Reply

Next Post

मेस्सीसंगै विश्वकप खेलेका २२ बर्षीय खेलाडीले हासिल गरे ठुलो उपलब्धि

Wed Feb 1 , 2023
काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले बेनफिकाका अर्जेन्टिन्टाइन मिडफिल्डर एन्जो फर्नान्डेजलाई भित्राउने पक्का भएको छ । एन्जोका लागि बेलायती कीर्तिमानी रकम १२१ मिलयन युरो (१०७ मिलयन पाउण्ड) तिर्न चेल्सी सहमत भएको बीबीसीले जनाएको छ । यो सम्झौताले म्यानचेष्टर सिटीले सन् २०२१ मा ज्याक ग्रेलिसलाई तिरेको १०० मिलयन पाउण्डलाई पछि पार्नेछ […]

You May Like

error: