“‘सिउउउ’ गर्न मात्र २०० मिलियन दिएको हैन”, अल नासर निर्देशक

काठमाडौँ ।

गत हप्ता साउदी सुपर कपमा अल इत्तिहादसँग ३–१ ले पराजित भएपछि क्रिस्टियानो रोनाल्डोले अहिलेसम्म राम्रो प्रदर्शन नरहेको भन्दै आलोचनाको सामना गरिरहेका छन् ।

अहिले सोशल मिडियामा अर्को भाइरल भिडियोमा, अल नासर निर्देशकले नतिजाको बारेमा आफ्नो निराशा व्यक्त गरेको देखिएको छ।

भाइरल भिडियोमा अल नासर निर्देशक भन्छन् “अल नासर निर्देशक भन्छन् “यहाँ बाट जाउ, मैले २०० मिलियन युरो खर्च गर्यौ र उसलाई [रोनाल्डो] लाई कसरी ‘सिउउउ’ गर्ने मात्र थाहा छ। यो सम्भव छैन, ”

यसअघि, साउदी अरेबिया सुपर कपबाट टोली मध्यहप्तामै बाहिरिएपछि फ्यानहरूले आफ्नो निराशा देखाइसकेका छन्। किंग फहद इन्टरनेशनल स्टेडियम बाहिर केही फ्यानले उनको ७ नम्बरको जर्सी कुल्ची हालेको भिडियो पनि सामाजिक सञ्जालमा देखा परेको छ ।

यसैबीच,  साउदी अरेबियन फुटबल क्लब अल नासरका मुख्य प्रशिक्षक रुडी गार्सियाले पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो युरोप फर्किने बताएका छन् ।

गार्सियाका अनुसार अल नासरसँगको सम्झौता अन्त्य भएसँगै रोनाल्डो फुटबल खेल्न युरोप फर्किने छन्स्का । कीर्तिमानी मूल्यमा रोनाल्डोले साउदी प्रो लिग क्लब अल नासरसँग दुई वर्षका लागि सम्झौता गर्दै साउदी आएका हुन् ।

तर सम्झौता अन्त्य हुँदासम्म रोनाल्डोको उमेर ४० वर्ष हुनेछ । रोनाल्डोले गत नोभेम्बरमा इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाडेका थिए ।

गार्सियालाई उदृत गर्दै इस्पोर्टसले उल्लेख गरे अनुसार अल नासरसँगको सम्झौता पछि पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो युरोप फर्किनेछन् ।

सम्बाददाता

Leave a Reply

Next Post

क्यानको नयाँ ग्रेडिङ सार्वजनिक, ज्ञानेन्द्र ‘बी’मा झरे, यस्तो छ अन्यको स्थान

Wed Feb 1 , 2023
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ। मंगलवार पोखरामा बसेको क्यानको बोर्ड बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई कन्ट्र्याक्टमा राख्ने निर्णय गरेको हो । क्यानको नयाँ ग्रेडिङमा पुरुषतर्फ ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करन केसी, दीपेन्द्रसिंह ऐरी […]

You May Like

error: