देवलाई पछि पार्दै गुलशनले पाए पहिलो पटक नेपाली टिमको ठूलो जिम्मेवारी!

काठमाडौं।

नेपाली टिमका लागि खेलिसकेका तीव्र गतिका बलर गुलशन झाले नेपालको युवा टोलीको नेतृत्व गर्ने भएका छ।गुलशन झाले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको कप्तानी गर्ने भएका छन् ।हिजो पोखरामा बसेको बोर्ड बैठकले गुलशनलाई यू–१९ को कप्तानी जिम्मेवारी दिएको छ।

गुलशनले पहिलो पटक कप्तानी गर्नेछन् ।गुलशनले सिनियर टोलीबाट पनि आफ्नो स्थान बनाएका छन्।नेपालले पहिलो खेल फागुन १२ (फेब्रुअरी २४) मा सिंगापुरसँग खेल्नेछ । दोस्रो खेल फागुन १३ (फेब्रुअरी २५) कुवतेसँग खेल्नेछ । नेपालले त्यसपछि एकदिन विश्राम गर्नेछ । फागुन १५ (फेब्रुअरी२७) मा हङकङसँग खेल्नेछ ।

फागुन १६(फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । त्यसपछि नेपालले दुई दिन विश्राम गर्नेछ । अन्तिम खेल फागुन १८(मार्च २) मा युएईसँग खेल्नेछ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् ।

नेपाल प्रतियोगिता शीर्ष स्थानमा रहन सके २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाली टोली २०१६ पछि यू-१९ विश्वकप खेल्ने सोचमा हुनेछ । टोलीको मुख्य प्रशिक्षक जगत टमाटा छन् । नेपालले १४ सदस्य टोली पनि घोषणा गरेको छ ।

नेपाली यू–१९ टोली :

आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

यता हिजो नै एसियन क्रिकेट काउन्सिल (एसिसी) ले प्रतियोगिता आयोजना गर्ने तय गरेको छ ।बोर्ड बैठकले एसीसीको प्रस्ताव पारित गर्दै अप्रिलमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।

पहिलो पटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट खेल हो ।एकदिवसीय फर्म्याटमा आयोजना हुने प्रिमियर कपमा पहिलो हुने टोलीले एसीयाका टेस्ट टिमहरु सम्मिलित एसिया कप खेल्न पाउनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

"'सिउउउ' गर्न मात्र २०० मिलियन दिएको हैन", अल नासर निर्देशक

Wed Feb 1 , 2023
काठमाडौँ । गत हप्ता साउदी सुपर कपमा अल इत्तिहादसँग ३–१ ले पराजित भएपछि क्रिस्टियानो रोनाल्डोले अहिलेसम्म राम्रो प्रदर्शन नरहेको भन्दै आलोचनाको सामना गरिरहेका छन् । अहिले सोशल मिडियामा अर्को भाइरल भिडियोमा, अल नासर निर्देशकले नतिजाको बारेमा आफ्नो निराशा व्यक्त गरेको देखिएको छ। भाइरल भिडियोमा अल नासर निर्देशक भन्छन् “अल नासर […]

You May Like

error: