नेपालले ओमान र युएईसहित ९ बलिया टोलीसँग नेपालमा नै म्याच खेल्ने

काठमाडौं ।

नेपालले एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले प्रिमियर कप आयोजना गर्ने निर्णय गरेको हो ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) ले प्रतियोगिता आयोजना गर्न नेपाललाई प्रस्ताव गरेको थियो ।बोर्ड बैठकले एसीसीको प्रस्ताव पारित गर्दै अप्रिलमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।

पहिलो पटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट खेल हो ।एकदिवसीय फर्म्याटमा आयोजना हुने प्रिमियर कपमा पहिलो हुने टोलीले एसीयाका टेस्ट टिमहरु सम्मिलित एसिया कप खेल्न पाउनेछ ।

शीर्ष ३ मा रहने टोली भने इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुनेछ ।प्रिमियर कपमा नेपाल सहित युएई, कुवेत, कतार, ओमान, हङकङ, सिंगापुर, मलेसिया र छनोटबाट आउने दुई टोलीको सहभागिता रहनेछ ।यस संस्करणको एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

यता नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय भएको छ । पोखरामा बसेको नेपाल क्रिकेट संघ क्यानको बैठकले लामिछानेलाई लगाइएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको सहभागी एक सदस्य बताए ।

ब’ला’त्कारको अभियोग लागेपछि उनलाई गएको भदौ २३ गते निलम्बन गर्ने निर्णय क्यानले गरेको थियो ।गएको पुस २८ गते २० लाख रुपैयाँ धरौटीमा रिहा भएका सन्दिपलाई खेलमा फर्काउन क्यानको बहुमत सदस्य सहभागी बैठकले निर्णय गरेको हो ।

सन्दिपको निलम्बन फुकुवा गर्ने निर्णय भएपनि मंगलबार नै महान्यायाधिवक्ता कार्यालयले उनलाई पुर्पक्ष थुनामै राखेर मुद्दामा अघि बढाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ ।सन्दीपले क्रिकेट खेल्न पाउने वा नपाउने भन्ने अदालतको आदेशमा उल्लेख छैन । तर सन्दीप पक्षका कानुनी व्यावसायीले उनलाई टोलीमा राख्नुपर्ने माग गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालय पुस २८ गते उच्च अदालत पाटनबाट जारी भएको थुनछेक आदेशविरुद्ध सर्वोच्चमा गएको हो । सोमबार क्यानका १६ जना पदाधिकारी सहितको सदस्य बैठक बस्न पोखरा आएका छन् ।तर, नेपाल टि–२० लिगको स्पट फिक्सिङमा अध्यक्ष चतुरबहादुर चन्दले गल्ती स्विकारेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग सहित ७ सदस्यले बैठक बहिष्कार गरेका छन् ।

मंगलबार साँझपख सुरु भएको बैठकले सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने सहित विभिन्न निर्णय गरेको छ । क्यानको निर्णयबारे बुधबार जानकारी गराउने जनाइएको छ ।

विविध १७ एजेन्डा लिएर क्यानको टोली पोखरा आएको हो । ऋषिराम गौतम, छुम्बी लामा, करण महतारा क्षेत्री, दाउद अन्सारी, अमितवीर पाण्डे, धर्मराज गिरी र संजयराज सिंहले भने बैठक बहिष्कार गरका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

देवलाई पछि पार्दै गुलशनले पाए पहिलो पटक नेपाली टिमको ठूलो जिम्मेवारी!

Wed Feb 1 , 2023
काठमाडौं। नेपाली टिमका लागि खेलिसकेका तीव्र गतिका बलर गुलशन झाले नेपालको युवा टोलीको नेतृत्व गर्ने भएका छ।गुलशन झाले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको कप्तानी गर्ने भएका छन् ।हिजो पोखरामा बसेको बोर्ड बैठकले गुलशनलाई यू–१९ को कप्तानी जिम्मेवारी दिएको छ। गुलशनले पहिलो पटक कप्तानी गर्नेछन् ।गुलशनले सिनियर टोलीबाट पनि […]

You May Like

error: