सन्दिप लामिछानेको निलम्बन फुकुवा, छिट्टै देखिनेछन् मैदानमा

पोखरा-

नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय भएको छ । पोखरामा बसेको नेपाल क्रिकेट संघ क्यानको बैठकले लामिछानेलाई लगाइएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको सहभागी एक सदस्य बताए ।

ब’ला’त्कारको अभियोग लागेपछि उनलाई गएको भदौ २३ गते निलम्बन गर्ने निर्णय क्यानले गरेको थियो ।

गएको पुस २८ गते २० लाख रुपैयाँ धरौटीमा रिहा भएका सन्दिपलाई खेलमा फर्काउन क्यानको बहुमत सदस्य सहभागी बैठकले निर्णय गरेको हो ।

सन्दिपको निलम्बन फुकुवा गर्ने निर्णय भएपनि मंगलबार नै महान्यायाधिवक्ता कार्यालयले उनलाई पुर्पक्ष थुनामै राखेर मुद्दामा अघि बढाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

सन्दीपले क्रिकेट खेल्न पाउने वा नपाउने भन्ने अदालतको आदेशमा उल्लेख छैन । तर सन्दीप पक्षका कानुनी व्यावसायीले उनलाई टोलीमा राख्नुपर्ने माग गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालय पुस २८ गते उच्च अदालत पाटनबाट जारी भएको थुनछेक आदेशविरुद्ध सर्वोच्चमा गएको हो । सोमबार क्यानका १६ जना पदाधिकारी सहितको सदस्य बैठक बस्न पोखरा आएका छन् ।

तर, नेपाल टि–२० लिगको स्पट फिक्सिङमा अध्यक्ष चतुरबहादुर चन्दले गल्ती स्विकारेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग सहित ७ सदस्यले बैठक बहिष्कार गरेका छन् ।

मंगलबार साँझपख सुरु भएको बैठकले सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने सहित विभिन्न निर्णय गरेको छ । क्यानको निर्णयबारे बुधबार जानकारी गराउने जनाइएको छ ।

विविध १७ एजेन्डा लिएर क्यानको टोली पोखरा आएको हो । ऋषिराम गौतम, छुम्बी लामा, करण महतारा क्षेत्री, दाउद अन्सारी, अमितवीर पाण्डे, धर्मराज गिरी र संजयराज सिंहले भने बैठक बहिष्कार गरका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

"'सिउउउ' गर्न मात्र २०० मिलियन दिएको हैन", अल नासर निर्देशक

Wed Feb 1 , 2023
काठमाडौँ । गत हप्ता साउदी सुपर कपमा अल इत्तिहादसँग ३–१ ले पराजित भएपछि क्रिस्टियानो रोनाल्डोले अहिलेसम्म राम्रो प्रदर्शन नरहेको भन्दै आलोचनाको सामना गरिरहेका छन् । अहिले सोशल मिडियामा अर्को भाइरल भिडियोमा, अल नासर निर्देशकले नतिजाको बारेमा आफ्नो निराशा व्यक्त गरेको देखिएको छ। भाइरल भिडियोमा अल नासर निर्देशक भन्छन् “अल नासर […]

You May Like

error: