२६ वर्षको उमेरमा हुदैछ यी खेलाडीको करियर समाप्त, खराब प्रदर्शन जारी

काठमाडौँ ।

टी–२० क्रिकेटमा अहिले भारतको युवा टोलीले हार्दिक पाण्ड्याको कप्तानीमा न्यूजिल्याण्डसँग तीन खेलको टी–२० सिरिज खेलिरहेको छ ।

२०२२ को टी–२० विश्वकपपछि अहिले टी–२० ढाँचामा युवा खेलाडीहरुमाथि भरोसा देखाइएको छ,तर २६ वर्षीय खेलाडी पछिल्लो समय टिम इन्डियाको हिस्सा बन्न सकेका छैनन् ।

यी खेलाडीले एसिया कप २०२२ मा टीम इन्डियाका लागि आफ्नो अन्तिम टी-२० खेल खेलेका थिए। एसिया कप २०२२ सम्म २६ वर्षीय फास्ट बलर आवेश खान चयनकर्ताको पहिलो रोजाइमा रहेपनि अहिले उनले टोलीमा अवसर पाउन छाडेका छन् ।

कमजोर खेलका कारण यी खेलाडी अहिले टोलीमा स्थान बनाउन संघर्ष गरिरहेका छन् । उही समयमा उनले अक्टोबरमा दक्षिण अफ्रिका विरुद्ध टीम इन्डियाका लागि आफ्नो अन्तिम एकदिवसीय खेले।

आवेश खान एसिया कप २०२२ अघि लगातार टोलीको हिस्सा बनिरहेका थिए तर उनले मौकाको सदुपयोग गर्न सकेनन् ।

एसिया कप २०२२ मा, फास्ट बलर आवेश खान टीम इन्डियाको हारको सबैभन्दा ठूलो खलनायक साबित भए। उनले एसिया कपमा पाकिस्तानविरुद्ध २ ओभरमा १९ रन दिएर १ विकेट लिएका थिए ।

त्यसैगरी हङकङविरुद्ध उनले १३.२५ को इकोनोमीमा ४ ओभरमा ५३ रन खर्चेर १ विकेट मात्र लिएका थिए। आवेशको यो कमजोर प्रदर्शन उनका लागि तनावको विषय बनेको छ ।

आवेश खानले टिम इन्डियाका लागि अहिलेसम्म १५ टी–२० र ५ ओडीआई खेलिसकेका छन् । यी टी–२० खेलमा आवेश खानले ९.११ को इकोनोमीमा रन दिँदै १३ विकेट लिएका छन् ।

योसँगै उनले एकदिवसीयमा ३ विकेट लिएका छन् । आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई टीम इण्डियामा स्थान दिइएको थियो तर टिम इन्डियामा उनी लगातार फ्लप हुँदै आए र आईपीएल जस्तो खेल दोहोरिन सकेनन् ।

सम्बाददाता

Leave a Reply

Next Post

सन्दिप लामिछानेको निलम्बन फुकुवा, छिट्टै देखिनेछन् मैदानमा

Wed Feb 1 , 2023
पोखरा- नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय भएको छ । पोखरामा बसेको नेपाल क्रिकेट संघ क्यानको बैठकले लामिछानेलाई लगाइएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको सहभागी एक सदस्य बताए । ब’ला’त्कारको अभियोग लागेपछि उनलाई गएको भदौ २३ गते निलम्बन गर्ने निर्णय क्यानले गरेको थियो । गएको […]

You May Like

error: