विश्वकपमा मेस्सीको पश्चाताप, यो टोलिलाई मान्छन सबैभन्दा कठिन प्रतिद्वन्दी

काठमाडौं ।

विश्वकप विजेता अर्जेन्टिनी टिमका कप्तान लियोनल मेसीले कतारमा भएको फिफा विश्वकपपछि पहिलो अन्तर्वार्ता दिएका छन् ।

अन्तर्वार्तामा नेदरल्याण्ड्स विरुद्धको क्वाटरफाइनल खेल विवादका बारेमा पनि बोलेका उनले समूह चरणमा खेलिएको मेक्सिको विरुद्धको खेल सबैभन्दा कठिन भएको बताएका छन् ।

ब्युनर्स आयर्सको रेडियो अर्बाना प्लेसँगको कुराकानीमा मेसीले नेदरल्याण्ड्स विरुद्धकोविवादित क्वाटरफाइनल खेलमा प्रशिक्षक र खेलाडीसँगको व्यवहारका लागि पश्चाताप गरेका छन् ।

‘मैले जे गरेँ त्यो मलाई मन पर्दैन, त्यसपछि के भयो मलाई मन पर्दैन,’ मेसीले भने, ‘यी धेरै तनावका क्षणहरू हुन् । यो धेरै छिटो छ र मानिसहरूले उनीहरूको प्रतिक्रियाको रूपमा प्रतिक्रिया गर्छन् । केही योजनाबद्ध थिएन, यो त्यसै भयो ।’

अर्जेन्टिनाले पेनाल्टीसुटआउटमा जितेको उक्त खेल विवादले घेरिएको थियो । खेलमा कीर्तिमानी १७ पहेँलो कार्ड देखाइएको थियो । मेसीले नेदरल्याण्ड्सका प्रशिक्षक र र खेलाडी वाउट वेघोरस्टसँग आक्रामक व्यवहार देखाएका थिए ।

खेलअघि नै लुइस भान गालले पेनाल्टीसुटआउटमा खेल पुगेमा आफ्नो टोलीले राम्रो तयारी गरेको बताएका थिए । सन् २०१४ को सेमिफाइनलमा मेसीले बल नछोएको समेत उनले बताएका थिए ।

तर अर्जेन्टिनाले त्यसबेला पनि पेनाल्टीमै जितेको थियो । मेसीले भान गालले आफूलाई उत्तेजित गर्नका लागि के भनेका थिए भनी उनका साथीहरूले भनेको पनि बताए । वाउट वेघोरस्टसँगको आफ्नो क्षणको बारेमा मेसीले भने कि यो ‘स्वभाविक’ थियो ।

मेक्सिको विरुद्धको खेल कठिन:
यस्तै मेसीले विश्वकपमा मेक्सिको विरुद्धको खेल कठिन भएको र त्यस खेल नराम्रो समेत रहेको बताए । उनले अर्जेन्टिना सामान्यतया आफ्नो प्रतिद्वन्द्वी भन्दा राम्रो रहेको पनि बताए ।

‘मलाई लाग्छ मेक्सिको विरुद्धको खेल हाम्रा लागि सबैभन्दा कठिन थियो किनभने सबै कुरा दाउमा थियो । नतिजाको बावजुद, मलाई लाग्छ कि यो हाम्रो सबैभन्दा खराब खेल पनि थियो ।

यो जित्नै पर्ने खेल थियो र यसले तपाईंलाई फरक तरिकाले खेल्न बाध्य तुल्याउँछ । तर मलाई विश्वास थियो कि हामी गर्न सक्छौँ । यो समूह बिना यो धेरै गाह्रो हुने थियो’, मेस्सीले भने, ‘हामीले खेलेको यो सबैभन्दा खराब खेल थियो किनभने यो जित्नु वा नजित्नुमा सबै कुराहरू समावेश थियो ।’

अर्जेन्टिनाले विश्वकपको इतिहासमा सबैभन्दा ठूलो झट्का साउदी अरेबियासँग २-१ को हारपछि भोगेको थियो । समूह चरण पार गर्न मेक्सिकोलाई जसरी पनि हराउनै पर्ने थियो र उक्त खेल अर्जेन्टिनाले २-० ले जितेको थियो ।

विश्वकप जितेपछि धेरै परिवर्तन भयो साउदी अरेबियासँग हारेपछि अर्जेन्टिनाले त्यसपछिका लगातार ६ खेल जित्दै विश्वकप जित्यो । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सन् १९८६ पछि पहिलो पटक विश्वकप जितेको हो । मेसीले फ्रान्सविरुद्धको फाइनल नहेरेको समेत बताएका छन् ।

‘त्यस दिनदेखि, मेरो लागि सबै परिवर्तन भयो,’ उनले भने, ‘भाग्यले, हामीले जे सपना देख्यौं, त्यो भयो । मैले मेरो करियरमा यसका लागि यति धेरै कामना गरेँ र अन्तमा यो आयो ।’

आफ्नो बाल्यकालमा मेसीलाई के भन्न सक्छु भनेर सोध्दा, ३५ वर्षीय स्टारले भने, ‘केही असाधारण पर्खिरहेको छ, तपाईंले कल्पना गर्न सक्नुहुन्न । तपाईंसँग एउटा सुन्दर मार्ग हुनेछ, केही कठिन क्षणहरू जुन तपाईंले पार गर्नुपर्नेछ, तर आफ्नो सपनाहरूलाई कहिल्यै नछाड्नुस् किनभने अन्तमा तपाईंले आफ्नो सबैभन्दा मनपर्ने इनाम पाउनुहुनेछ । तपाईंको फिल्मको अन्त्य सुखद हुनेछ ।’

मेसीले विश्वकप जित्दै आफ्नो करियरलाई पूर्ण बनाए । उनी निर्विकल्प महान खेलाडी समेत बने । मेसीले फ्रान्स विरुद्धको फाइनल विश्वकपमा अन्तिम खेल हुने खेलअघि नै बताइसकेका थिए । त्यसैले धेरैले उनले सन्यास लिने अनुमान समेत गरेका थिए । तर फाइनलपछि मेसीले आफूले तत्काल सन्यास नलिने र विश्व विजेताको रुपमा अझै खेल्ने बताए ।

अर्को वर्ष अमेरिकामा हुने कोपा अमेरिका भने मेसीले खेल्ने सम्भावना छ । आगामी २०२६ को विश्वकप अमेरिकाले क्यानडा र मेक्सिकोसँग मिलेर संयुक्त रुपमा आयोजना गर्नेछ । -अनलाईन खबरबाट

सम्बाददाता

Leave a Reply

Next Post

सेभेन थ्री स्पोर्ट्सले क्यानसँग करोडौ माग्यो फिर्ता

Tue Jan 31 , 2023
काठमाडौं । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल टी–२० लिग आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान)सँग रणनीतिक एवं व्यावसायिक साझेदारीका रुपमा गरेको सम्झौता भंग गरेको जनाएको छ । भारतीय कम्पनीले प्रतियोगिताका लागि नेपाल सरकारको सहमति प्राप्त नभएको कारण देखाउँदै क्यानलाई आज इमेलमार्फत सम्झैता भंग गरेको जनाएको हो । सेभेन थ्री […]

You May Like

error: