काठमाडौँ ।
दक्षिण अफ्रिकामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकपको फाइनलमा भारतीय टोलीले इङ्ल्यान्डलाई पराजित गर्दै इतिहास रचेको छ ।
पहिले खेलेको इंग्ल्याण्डले १७.१ ओभरमा सबै विकेट गुमाएर ६८ रन बनाएको थियो, जवाफमा भारतीय टोलीले १४ ओभरमा ६९/३ रन बनाएर उपाधि जितेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डको सुरुवात खराब रह्यो । इनिङ्सको चौथो बलमा लिबर्टी हीप खाता नखोल्दै १ रनमा आउट भइन । नियाम हल्यान्ड पनि १० रन बनाएर १५ रन बनाएर तेस्रो ओभरमा अर्चना देवीको शिकार बनिन् ।
कप्तान ग्रेस स्क्रिभेन्स पनि सोही ओभरमा ४ रनको व्यक्तिगत स्कोरमा आउट भइन । भारतीय बलरले इंग्ल्यान्डका ब्याट्सम्यानलाई कुनै मौका दिएनन् र विकेट लगातार गिर्दै गए ।
५० रन भित्रै टोलीले ६ विकेट गुमाएको थियो र १८ औं ओभरमा सबै विकेट गुमाएर अलआउट भएको थियो । आफ्नो टोलीका लागि रायन म्याकडोनाल्डले सर्वाधिक १९ रन बनाए । भारतका लागि तीन बलरले दुई–दुई विकेट लिए ।
पहिलो संस्करणको आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकपको उपाधि जितेको भारतीय टिमले पाँच करोड भारतीय रुपैयाँ पाउने भएको छ ।
बीसीसीआईका सचिव जय शाहले विश्वकप विजेता टोलीलाई ५ करोड दिने घोषणा गरेको आईएएनएसले जनाएको हो ।
लक्ष्य पछ्याएको भारतको सुरुवात पनि खासै राम्रो भएन । टोलीका दुवै ओपनर २० रनको स्कोरमा आउट भए । कप्तान शफाली वर्माले १५ र श्वेता सेहरावतले ५ रन जोडिन् ।
यहाँबाट सौम्या तिवारी र त्रिशा गोंगडीले उत्कृष्ट ब्याटिङ गर्दै भारतलाई लक्ष्यको नजिक पुर्याएका थिए । ठूलो शटमार्फत खेल समाप्त गर्ने प्रयासमा त्रिशा २४ रनको व्यक्तिगत स्कोरमा बोल्ड भइन् र ६६ रनको स्कोरमा भारतले तेस्रो विकेट गुमाएको थियो।
सौम्या (२४)ले विजयी सट प्रहार गर्दै भारतीय टोलीलाई ऐतिहासिक जित दिलाएकी थिइन् । कुनै पनि महिला विश्वकपमा भारतको यो पहिलो उपाधि हो।