काठमाडौँ
लखनउको एकना स्टेडियममा न्यूजिल्याण्डले भारतलाई १ सय रनको लक्ष्य दिएको छ ।
किवी टोलीले २० ओभरमा आठ विकेट गुमाएर ९९ रन बनाएको थियो । यो भारतविरुद्धको टी–२० मा न्यूजिल्याण्डको सबैभन्दा कम स्कोर हो ।
न्युजिल्यान्डका ब्याट्सम्यान भारतीय स्पिनरसामु लाचार देखिए । स्पिनरहरूले कुल चार विकेट लिए। भारतका लागि स्पिनर युजवेन्द्र चहलले पनि विकेटको खाता खोलेका थिए । उनले फिन एलनलाई क्लिन बोल्ड गरे । एलेनले ११ रन बनाउन सके ।
त्यसपछि वासिङ्टन सुन्दरले डेभोन कोनवेलाई इशान किशनको हातमा क्याच आउट गराए । उनले ११ रन बनाउन सके । पार्टटाइम स्पिनर दीपक हुडाले ग्लेन फिलिप्स (५) लाई आउट गर्दै न्यूजिल्याण्डलाई तेस्रो झटका दिए।
यसपछि कुलदीप यादवले डेरिल मिचेललाई क्लिन बोल्ड गरे । मिचेलले आठ रन बनाउन सके । मार्क च्यापम्यान कुलदीपले रनआउट भए । उनले २१ बलमा १४ रन बनाउन सके ।
त्यही क्रममा माइकल ब्रेसवेललाई कप्तान हार्दिक पाण्ड्याले अर्शदीप सिंहको हातमा कैच आउट गराएका थिए । उनले १४ रन बनाउन सके । यसपछि १८ औं ओभरमा अर्शदीपले एक ओभरमा दुई विकेट लिए ।
उनले इश सोधीलाई हार्दिकको हातमा क्याच आउट गराए। त्यसपछि फर्गुसनलाई सुन्दरले क्याच दिलाए । सोधीले एक रन र फर्ग्युसनको खाता पनि खोल्न सकेनन् ।