काठमाडौँ ।
नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अन्जन विष्टले भारतको दोस्रो श्रेणीको लिग आई-लिगमा डेब्यु गरेका छन् । अन्जनले आइतबार मुम्बई केन्क्रेका लागि खेल्दै आई लिगमा डेब्यु गरे ।
तर उनको डेब्यु खेल सुखद रहेन । अन्जनले पूरा ९० मिनेट मैदानमा बिता एपनि केन्क्रे साविक विजेता गोकुलम केरलासँग १-० ले पराजित भयो ।
गोकुलमका लागि सर्जियो मेन्डीले २१औं मिनेटमा गोल गरे । गोकुलमका राहुल राजु ५५औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि १० खेलाडीमा सिमित भएको थियो । तर केन्क्रेले त्यसको फाइदा उठाउन सकेन ।
गोकुलमसँग पराजित भएपछि रेलिगेसन जोनमा रहेको केन्क्रेलाई दबाब बढेको छ । १४ खेल खेल्दा जम्मा ३ खेल जितेको केन्क्रे १३ अंकसहित ११औं स्थानमा छ । मनाङ मर्स्याङ्दी क्लब छाडेर ए डिभिजनको नवप्रवेशी चर्च ब्वाइज युनाइटेडमा आबद्ध भएका अन्जन क्लबको सहमतिमा आई लिग खेल्न गएका हुन् ।
यस सिजनको आई लिग सकिएपछि अन्जन शहीद स्मारक ए डिभिजन लिग खेल्न नेपाल फर्कनेछन् । जारी आई लिग आगामी मार्च २ मा सकिनेछ । नेपालमा ए डिभिजन लिग मार्च ३ अर्थात फागुन १९ गतेदेखि सुरु हुनेछ ।
सन् २०१४ फिलिपिन्स विरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यु गरेका अन्जनले नेपालको राष्ट्रिय ५२ खेलमा ११ गोल गरेका छन् । नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण कुमार लिम्बु पनि आई लिगमा राउण्डग्लास पञ्जावबाट खेलिरहेका छन् ।
अङ्कतालिका:
भने अर्कोतर्फ भारतमा जारी हिरो आई लिगमा राउण्डग्लास पञ्जाबका लागि खेलिरहेका नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोलीले शुक्रबार लगातार दोस्रो जित हात पारेको छ ।
आइतबार मात्र मोहम्मदनलाई ४–० ले हराएको पञ्जाबले शुक्रबार रियल काश्मिरमाथि २–० को जित निकाल्यो र लिगतालिकामा आफ्नो शिर्षतालाई कायम राख्यो ।
पञ्जाबको जितमा पहिलो हाफको ४१औं मिनटमा जुआन मेराले पहिलो गोल गरे । त्यस्तै दोस्रो हाफको ६३औं मिनटमा ब्रेण्डन भन्लालरेम्दिकाले दोस्रो गोल थप्दै टोलीको जित पक्का गरे ।
यो जितपछि १३ खेलबाट २९ अंक जोडेको पञ्जाब शिर्ष स्थानमा यथावत छ । दोस्रो स्थानमा २५ अंकका साथ श्रीनिदी डेक्कन रहेको छ । त्यस्तै शुक्रबार पञ्जाबसँग पराजित काश्मिर भने १४ खेलबाट १९ अंकका साथ पाँचौं स्थानमा छ ।
लिग अन्तरगत पञ्जाबले आफ्नो आगामी खेल बुधबार केन्क्रे एफसीसँग खेल्नेछ । स्मरण रहोस, केन्क्रेमा नेपाल कै अर्का चर्चित फरवार्ड अन्जन बिष्ट हालै अनुवन्धित भएका छन् ।
दोस्रो समयको १५ मिनेटमा रियल कश्मीरले दिनको उत्कृष्ट गोल गर्ने मौका पाएको थियो । सिट्टी बजाउँदै, नयाँ स्ट्राइकर अर्नेस्ट बोएटेङले आफूलाई गोलमा फेला पारे जबकि आयोजकहरूले बिल्ड-अपमा फाउलको लागि अपील गरे।
यद्यपि, राउन्डग्लास पञ्जाबका संरक्षक किरण चेम्जोङ राम्रो स्थितिमा थिए, आफ्नो पक्षको अग्रता जोगाउन आफ्नो दाहिने बुट फैलाएर र बोटेङलाई सिजनको आफ्नो पहिलो गोल बचाए ।