नियुक्तिबिना नै प्रशिक्षणमा पुगे मोन्टी, प्रशिक्षक घोषणा गर्न किन असमर्थ क्यान ?

काठमाडौँ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि भारतीय नागरिक मोन्टी देसाई शनिबार नै नेपाल आइपुगे ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा नेपाल, स्कटल्यान्ड र नामिबियासम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजलाई लक्षित गर्दै क्यानले देसाईलाई प्रशिक्षक नियुक्त गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फेब्रुअरी १४ देखि २१ सम्म (फागुन २ देखि ९ गतेसम्म) हुने सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा समेत डाकिसकेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकको औपचारिक घोषणा नहुँदै मोन्टी देसाई बन्द प्रशिक्षणमा सहभागी भएका छन्। कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आईसीसी सीडब्लुसी लिग २ एकदिवसीय सिरिजको बन्द प्रशिक्षणमा प्रशिक्षक देसाईंको उपस्थिति रहेको हो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकको औपचारिक घोषणा नहुँदै मोन्टी देसाई बन्द प्रशिक्षणमा सहभागी भएका छन्।

कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आईसीसी सीडब्लुसी लिग २ एकदिवसीय सिरिजको बन्द प्रशिक्षणमा प्रशिक्षक देसाईंको उपस्थिति रहेको हो।

तर देसाई प्रशिक्षकको रुपमा नेपाल आइसकेको भए पनि क्यान भने उनलाई सार्वजनिक रुपमा प्रशिक्षक नियुक्त भएको घोषणा भने गर्न सकेको छैन ।

तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भने देसाईलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्तिको लागि अहिलेसम्म अनुमति दिएको छैन । जसका कारण क्यानले औपचारिक रुपमा देसाईको नियुक्तिबारे जानकारी गराउन असमर्थ छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले देसाईको नियुक्तिका लागि अनुमति दिए पनि श्रम स्विकृतिका लागि सहज हुने अपेक्षासहित क्यानले राखेपको अनुमति मागेको थियो । तर राखेपले भने अहिलेसम्म अनुमति भने दिएको छैन ।

सम्बाददाता

Leave a Reply

Next Post

भारतीय आई लिगमा अञ्जनको डेब्यू खेलमै टिमले बेहोर्यो हार !

Sun Jan 29 , 2023
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अन्जन विष्टले भारतको दोस्रो श्रेणीको लिग आई-लिगमा डेब्यु गरेका छन् । अन्जनले आइतबार मुम्बई केन्क्रेका लागि खेल्दै आई लिगमा डेब्यु गरे । तर उनको डेब्यु खेल सुखद रहेन । अन्जनले पूरा ९० मिनेट मैदानमा बिता एपनि केन्क्रे साविक विजेता गोकुलम केरलासँग १-० ले […]

You May Like

error: