किरणको उत्कृष्ट बचाउमा टोलीको सानदार जित, अङ्कतालिकामा शिर्षता कायमै

काठमाडौँ ।

भारतमा जारी हिरो आई लिगमा राउण्डग्लास पञ्जाबका लागि खेलिरहेका नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोलीले शुक्रबार लगातार दोस्रो जित हात पारेको छ ।

आइतबार मात्र मोहम्मदनलाई ४–० ले हराएको पञ्जाबले शुक्रबार रियल काश्मिरमाथि २–० को जित निकाल्यो र लिगतालिकामा आफ्नो शिर्षतालाई कायम राख्यो ।

पञ्जाबको जितमा पहिलो हाफको ४१औं मिनटमा जुआन मेराले पहिलो गोल गरे । त्यस्तै दोस्रो हाफको ६३औं मिनटमा ब्रेण्डन भन्लालरेम्दिकाले दोस्रो गोल थप्दै टोलीको जित पक्का गरे ।

यो जितपछि १३ खेलबाट २९ अंक जोडेको पञ्जाब शिर्ष स्थानमा यथावत छ । दोस्रो स्थानमा २५ अंकका साथ श्रीनिदी डेक्कन रहेको छ । त्यस्तै शुक्रबार पञ्जाबसँग पराजित काश्मिर भने १४ खेलबाट १९ अंकका साथ पाँचौं स्थानमा छ ।

लिग अन्तरगत पञ्जाबले आफ्नो आगामी खेल बुधबार केन्क्रे एफसीसँग खेल्नेछ । स्मरण रहोस, केन्क्रेमा नेपाल कै अर्का चर्चित फरवार्ड अन्जन बिष्ट हालै अनुवन्धित भएका छन् ।

दोस्रो समयको १५ मिनेटमा रियल कश्मीरले दिनको उत्कृष्ट गोल गर्ने मौका पाएको थियो । सिट्टी बजाउँदै, नयाँ स्ट्राइकर अर्नेस्ट बोएटेङले आफूलाई गोलमा फेला पारे जबकि आयोजकहरूले बिल्ड-अपमा फाउलको लागि अपील गरे।

यद्यपि, राउन्डग्लास पञ्जाबका संरक्षक किरण चेम्जोङ राम्रो स्थितिमा थिए, आफ्नो पक्षको अग्रता जोगाउन आफ्नो दाहिने बुट फैलाएर र बोटेङलाई सिजनको आफ्नो पहिलो गोल बचाए ।

अङ्कतालिका:

सम्बाददाता

Leave a Reply

Next Post

मेस्सीले पहिलाेपटक बाेले अंग्रेजी (भिडियो सहित)

Sat Jan 28 , 2023
काठमाडौँ । जब लियोनेल मेस्सी अगस्ट २०२१ मा बार्सिलोना छोडेर पेरिस सेन्टजर्मेनमा सामेल भए, उनले १८ महिनादेखि अङ्ग्रेजी सिकिरहेको कुरा पुष्टि गरेका थिए। त्यतिबेला गुइलम बालागलाई उनले स्पेनिसमा भनेका थिए, ‘म डेढ वर्षदेखि अंग्रेजी सिक्दैछु।’ त्यस क्रममा उनले एक हदसम्म अंग्रेजी भाषा बुझ्ने भए पनि बोल्न भने नजानेको बताएका थिए। […]

You May Like

error: