काठमाडौँ ।
क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर क्लब साउदी सुपर कपबाट बाहिरिएको छ। गएराति किङ फहद स्टेडियममा भएको सेमिफाइनलमा अल इतिहादसँग ३-१ गोल अन्तरले पराजित हुँदै साउदी प्रो लिग लिडर अल नासर बाहिरिएको हो।
यो सँगै कीर्तिमानी रकममा क्लब भित्रिएका रोनाल्डोको साउदीमा उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन।
विजयी टोलीका लागि रोमारिन्हो, हम्दाल्लाह र मोहमद अलशान्कितिले गोल गरेका थिए। अल नासरका लागि एन्डरसन टालिस्काको गोल गरेका थिए। खेलमा अधिकांश समय बलमा पकड जमाए पनि अल नासरले पाएको अवसर सदुपयोग गर्न सकेन।
खेलको १५ औं मिनेटमा रोमारिन्होले गोल गर्दै इतिहादलाई सुरूआती अग्रता दिलाए। गत महिना विश्वकपको अन्तिम चारमा पुग्ने क्रममा उत्तर अफ्रिकी राष्ट्रका लागि पाँच खेल खेलेका मोरक्कोका स्ट्राइकर अब्देरराजक हमदल्लाहले खेलको ४३ औं मिनेटमा गोल गर्दै इतिहादको अग्रता दोब्बर पारे।
खेलको ६७ औं मिनेटमा टालिस्काले गोल गर्दै अल नासरलाई खेलमा फर्कने संकेत दिए। तर इन्ज्युरी समयमा अलशान्कितिले गोल गर्दै इतिहादको जित निश्चित गरे।
साउदी सुपर कपको सेमिफाइनलमा अल-इतिहादको हातबाट अल-नासरको हार भएपछी क्रिस्टियानो रोनाल्डोलाई लियोनेल मेस्सीको नामले खिल्ली उडाएको थियो।
रोनाल्डो खेलभरि धेरै हदसम्म राम्रो प्रदर्शन गरेका थिए र पाँच पटकको बालोन डी’ओर विजेताले पहिलो हाफमा नजिकको दायराबाट गोल गर्ने सुनौलो मौका गुमाएकाले दर्शकमा आफ्नो सामान्य प्रभाव पार्न सकेनन्।
अल-इतिहादका प्रशंसकहरूले ठुलो स्वरमा नाराहरूसहित गिज्जाएका छन्। फुटेजमा समर्थकहरूको ठूलो समूहले “मेस्सी, मेस्सी, मेस्सी!” भनेर चिच्याइरहेको देखिन्छ।
भिडियो:
यो महिनाको सुरुमा पोर्चुगलका फरवार्ड कप्तान र पेरिस सेन्ट जर्मेनबीचको मैत्रीपूर्ण खेलमा रोनाल्डोले सम्भवत: अन्तिम पटक मेस्सीसँग सामना भएको थियो।
यसपटक नयाँ नियम लागु भएका कारण अल नासरले सुपर कपमा प्रतिस्पर्धा गर्न पाएको थियो। विगतमा दुई टोली खेल्ने सुपर कपमा यसपटक चार टोली समेटिएका थिए।
लिग र किंग्स कपको शीर्ष दुई टोली छनोट हुने व्यवस्था गरिएको थियो। तर अल हिलाल लिग विजेता र कप उपविजेता रहेकाले लिगको तेस्रो स्थानमा रहेको अल नासरले मौका पाएको थियो।
बिहीबार नै भएको अर्को सेमिफाइनलमा किंग्स कपको विजेता अल फाएहाले अल हिलाललाई १-० ले हराउँदै फाइनल प्रवेश गर्यो। आगामी सोमबार अल इतिहाद र अल फाएहाबीच उपाधि भिडन्त हुनेछ।