रोनाल्डोको खराब प्रदर्शनमा टिमको विशाल हार,हार पछि बाहिरियो सुपर कपबाट

काठमाडौं।

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर साउदी सुपर कपबाट बाहिरिएको छ ।विहीबार सम्पन्न सेमिफाइनलमा अल इतिहादसँग ३-१ ले पराजित भएपछि रोनाल्डोको साउदीमा उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन ।

विजयी टोलीका लागि रोमारिन्हो, हम्दाल्लाह र मोहमद अलशान्कितिले गोल गरे । एन्डरसन टालिस्काको गोल निर्णय बदल्न पर्याप्त रहेन ।खेलमा अधिकांश समय बलमा पकड जमाएपनि अल नासरले पाएको अवसर सदुपयोग गर्न सकेन ।

यता अल इतिहादले काउन्टर अट्याकमा लगातार समस्या सिर्जना गर्दै अल नासरको डिफेन्सलाई दवावमा राख्यो ।१५ अ‍ौं मिनेटमा रोमारिन्हो र ४३ अ‍‍ौं मिनेटमा हम्दाल्लाहले गोल गर्दै इतिहादलाई पहिलो हाफमा २-० ले अघि बढाए ।

६७ अ‍ौं मिनेटमा टालिस्काले गोल फर्काउँदै सम्भावना देखाएपनि इन्ज्युरी समयमा अलशान्कितिले इतिहादको जित सुनिश्चित गरे ।यसपटक नयाँ नियम लागु भएका कारण अल नासरले सुपर कपमा प्रतिस्पर्धा गर्न पाएको थियो ।

विगतमा दुई टोली खेल्ने सुपर कपमा यसपटक चार टोली समेटिएका थिए । लिग र किंग्स कपको शीर्ष दुई टोली छनोट हुने व्यवस्था गरिएको हो । तर अल हिलाल लिग विजेता र कप उपविजेता रहेकाले लिगको तेस्रो अल नासरले अवसर पाएको थियो ।

विहीबार नै भएको अर्को सेमिफाइनलमा किंग्स कपको विजेता अल फाएहाले अल हिलाललाई १-० ले हरायो । सोमबार अल इतिहाद र अल फाएहाबिच फाइनल खेल हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपालसँग खेल्न स्कटल्याण्डको बलियो टोली घोषणा,यी खेलाडीले पाए मौका

Fri Jan 27 , 2023
काठमाडौं। आगामी महिना काठमाडौंमा आयोजना हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि स्कटल्याण्डको टोली घोषणा भएको छ ।विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि रिची बेरिङटनको कप्तानीमा स्कटल्याण्डको १५ सदस्सीय टोलीको घोषणा भएको हो । टोलीमा अलराउण्डर ज्याक जार्भिसले पहिलो पटक टोलीमा स्थान बनाएका छन् ।स्कटल्याण्डले विश्वकप लिग टूको अन्तिम चार खेल नेपालमा […]

You May Like

error: