विकेटकिपर आसिफले बनाए नेपालबाट विश्व किर्तिमान ,जिते आईसीसीको ठूलो अवार्ड

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड (खेल भावना अवार्ड) प्राप्त गरेका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बिहीबार आसिफले स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गरेको जनाएको छ ।

गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाले उक्त अवार्ड जितेका हुन् ।आसिफ शेखले नयाँ कीर्तिमान बनाएका छौ ।उनले नेपालबाट यस्तो अवार्ड पाउने पहिलो विकेटकिपर बनेका छन्।

आसिफले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिने क्रममा लड्न पुगेपछि रन आउट गरेका थिएनन् । जुन खेल भावना यस वर्ष सर्वाधिक चर्चा र प्रशंसा पाएको क्षण थियो ।त्यसैले आईसीसीले स्पिरिट अफ द क्रिकेट अवार्ड आसिफलाई दिएको हो।

यता पाकिस्तानका कप्तान बाबर आजम लगातार दोस्रो बर्ष आइसीसीको एकदिवसीय बर्ष खेलाडी बनेका छन् ।आइसीसीले विहिबार बाबर आजम २०२२ को उत्कृष्ट एकदिवसीय खेलाडी बनेको घोषणा गरेको हो ।

उनी २०२१ मा पनि आइसीसीको एकदिवसीय उत्कृष्ट खेलाडी बनेका थिए ।२८ बर्षिय बाबरले २०२२ मा ९ खेलमा ८४.८७ को औसतले तीन शतक र पाँच अर्धशतकसहित ६७९ रन बनाएका थिए ।

यसअघि आइसीसीले २०२२ को टी-२० खेलाडीको अवार्ड भारतका सूर्यकुमार यादवलाई दिएको थियो । भारतका विस्फोटक ब्याट्सम्यान सूर्यकुमार यादव आईसीसी पुरुष टी २० वर्ष खेलाडी बनेका छन् । यो स्थान हासिल गर्ने उनी पहिलो भारतीय ब्याट्सम्यान बनेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार यादवलाई आईसीसी पुरुष टी २० वर्ष खेलाडी घोषित गरेको हो । इङ्गल्याण्डका ब्याट्सम्यान साम कुरान, पाकिस्तानी विकेटकिपर मोहम्मद रिजवान र जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजा पनि आईसीसीको यो उपाधिका दावेदार थिए ।

सूर्यकुमार सन् २०२२ मा टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । उनले ३१ खेलमा १८७.४३ को स्ट्राइक रेटमा ११६४ रन बनाए । जसमा २ शतक र ९ अर्धशतक समावेश छ ।उनी एकै वर्षमा यस फर्म्याटमा एक हजारभन्दा भन्दा बढी रन बनाउने दोस्रो ब्याट्सम्यान पनि बनेका छन् ।

यसअघि पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले २०२१ मा २६ इनिङ्गसमा १३२६ रन बनाएका थिए ।यादवले २०२२ मा ६८ टी २० छक्का पनि प्रहार गरेका छन् जुन टी २० मा एक वर्षमा सबैभन्दा बढी हो ।

गत वर्ष अक्टोबर र नोभेम्बरमा अस्ट्रेलियामा भएको टी २० विश्वकपमा सूर्यको सर्वाधिक १८९.९ स्ट्राइक रेट थियो । उनले प्रतियोगितामा २३९ रन बनाएका थिए । विश्वकपमा सर्वाधिक रन बनाउनेमा उनी तेस्रो नम्बरमा थिए । विराट कोहली २९६ रन बनाएर शीर्ष स्थानमा थिए । सूर्यले प्रतियोगितामा ३ अर्धशतक बनाएका थिए।

सम्बाददाता

Leave a Reply

Next Post

न्यूजिल्याण्ड विरुद्धको टी-२० सिरिजअघि भारतीय टोलीलाई ठूलो झटका

Thu Jan 26 , 2023
काठमाडौँ । भारत र न्युजिल्यान्डबीचको ३ खेलको टी–२० सिरिज (IND vs NZ) जनवरी २७ बाट सुरु हुने भएपनि यो खेलबाट भारतीय टिमलाई ठूलो धक्का लागेको छ । क्रिकबजको रिपोर्ट अनुसार युवा ब्याट्सम्यान ऋतुराज गायकवाड हातको दुखाईका कारण सिरिजबाट बाहिरिएका छन् । ऋतुराज चोट र पुनस्र्थापनाका लागि बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमी […]

You May Like

error: