सन्दिपको लागि आईसीसीबाट आयो ठुलो खुशीको खबर!

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टीममा फर्काउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले रोकावट नगर्ने भएको छ ।

आइसीसीले ‘नेपालको कानूनअनुसार मिल्ने भए’ खेलाउन अनुमति दिएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताए ।

‘आईसीसीले नेपालको कानूनअनुसार खेलाउन मिल्ने भए केही बाधा छैन भनेको छ । तर, यहाँ फेरि सरकारी वकिलले सर्वोच्चमा मुद्दा हाल्ने कुराहरू सुनिएका छन् । त्यसैले हामीले अझै निर्णय लिएका छैनौं,’ उनले भने ।

जब’र्जस्ती कर’णीको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान लामिछानेलाई गत हप्ता पाटन उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेको थियो । जेलमुक्त भए पनि उनलाई विदेश भ्रमणमा अदालतले रोक लगाएको छ ।

प्रहरीले पक्राउ गरेपछि सन्दीपलाई क्यानले अनिश्चितकालीन निलम्बन गरेको थियो । सन्दीप रिहा भए पनि क्यानले निलम्बन फुकुवा गर्न बाँकी छ ।

अदालतले सन्दीपलाई क्रिकेट खेल्न रोक लगाएको छैन । नेपालको कानूनअनुसार पनि उनलाई राष्ट्रिय टीमबाट खेल्न कुनै बाधा नरहेको सन्दीपका वकिलहरु बताउँछन् । विदेश जान रोक लगाइएकाले उनले देशबाहिर हुने खेलहरू भने तत्काल खेल्न सक्दैनन् ।

तर, नेपालभित्रै हुने खेलमा भने सन्दीपलाई खेलाउँदा समस्या नहुने तर्क उनका वकिलहरूको छ । क्यानले सन्दीपलाई खेलाउन मिल्ने वा नमिल्ने विषयमा कानुनी परामर्श गरिरहेको छ । तर, निष्कर्षमा पुग्न सकेको छैन ।

सन्दीपको विषयमा निर्णय लिन नसक्दा आउँदो महिना हुने त्रिकोणात्मक सिरिजका लागि टीम घोषणा र बन्द प्रशिक्षण्मा पनि ढिलाइ भइरहेको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

विकेटकिपर आसिफले बनाए नेपालबाट विश्व किर्तिमान ,जिते आईसीसीको ठूलो अवार्ड

Thu Jan 26 , 2023
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड (खेल भावना अवार्ड) प्राप्त गरेका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बिहीबार आसिफले स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गरेको जनाएको छ । गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाले उक्त […]

You May Like

error: