राष्ट्रिय टिमको प्रशिक्षक नियुक्तिअघि क्यान अध्यक्षको चर्को आलोचना

काठमाडौँ।

नेपाल क्रिकेट संघ (क्यान) ले गत आइतबार नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्ति सम्बन्धनमा एउटा विज्ञप्ति निकाल्यो।

भारतका मोन्टी देसाई नियुक्त भएको भन्ने सामाचार सार्वजनिक भएसँगै क्यानले विज्ञप्तीमार्फत भनेको थियो , ‘छ्नोट प्रक्रिया पूरा गरी सिफारिस गरिएका मुख्य प्रशिक्षक नेपाल क्रिकेट संघको कार्य सम्पादन/कार्यसमितिका सदस्यहरुको सहमति भए पश्चात् मात्रै नियुक्ति गर्नका लागि राष्ट्रिय खेलकुद परिषदसँग अनुमती माग्ने र अनुमति प्राप्त भए पश्चात् मात्रै नयाँ प्रशिक्षक नियुक्त हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

विज्ञप्तिसँगै क्यान अध्यक्ष चतुरबहादुर चन्दले कार्यसमिति सदस्यलाई प्रशिक्षक नियुक्तिको विषयमा क्यानको फेसबुक च्याट ग्रुपमार्फत सुझाव मागेका थिए।

कतिपय केन्द्रीय सदस्यले क्यानको कार्यशैलीप्रति प्रश्न उठाएको क्यानका एक केन्द्रीय सदस्यले उपलब्ध गराएको च्याटमा उल्लेख छ। छनोट समितिका को-को सदस्य भएको आफूहरुलाई जानकारी नभएको केन्द्रीय सदस्यले बताएका थिए।

साथै प्रशिक्षक नियुक्ति प्रक्रियाबारे पनि अध्यक्षलाई प्रश्न गरेका थिए। प्रशिक्षक नियुक्ति जस्तो विषय कार्यसमितिबाट अनुमोदन गर्नु पर्ने माग गर्दै अध्यक्ष चन्दसहितका केही पदाधिकारीको कार्यशैलीप्रति चर्को आलोचना गरेका थिए।

नेपाल टी-२० लिगमा फिक्सिङ भएको पुष्टि भएसँगै क्यान नेतृत्वमाथि कार्यसमिति सदस्य असन्तुष्ट छन्। जसका कारण क्यान अध्यक्षले माघ पहिलो साता राख्ने भनिएको कार्यसमिति बैठक अहिलेसम्म राख्न सकेका छैनन्।

जसका कारण आगामी महिना कीर्तिपुरमा हुने नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी समेत असर गरेको छ। प्रशिक्षकबिहीन नेपालले राष्ट्रिय टिम अहिलेसम्म घोषणा गर्न सकेको छैन।

अध्यक्षको राजीनामा माग्ने!
नेपाली टी-२० लिगमा फिक्सिङ भएको प्रहरीले सार्वजनिक पुष्टि गरेसँगै आगामी केन्द्रीय कार्यसमितिको बैठकमा क्यान अध्यक्ष चन्दको राजीनामा माग्ने एक केन्द्रीय सदस्यले बताए।

भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई प्रतियोगिता गर्न दिने निर्णयको विरोध हुँदा हुँदै पनि जबरजस्ती अनुमति दिएकोमा मुख्य दोष अध्यक्ष चन्दको भएको भन्दै अध्यक्षको राजीनामा माग्ने उनले बताए।

यस्तै अध्यक्ष चन्दले नेपाल टी-२० लिगको गभर्निङ काउन्सिललाई देखाएर आफू उम्कन खोजेको पनि ती केन्द्रीय सदस्यले बताए।

‘नेपाल टी-२० लिग भारतीय कम्पनीको हातमा सुम्पने कामको मुख्य दोष अध्यक्ष चन्दको हो। अहिले आएर गभर्निङ काउन्सिललाई देखाएर उहाँ भाग्न पाउनुहुन्न,’ उनले भने।

सम्बाददाता

Leave a Reply

Next Post

बाबर आजमले जिते आईसीसीको महत्वपुर्ण अवार्ड

Thu Jan 26 , 2023
काठमाडौँ । पाकिस्तानका कप्तान बाबर आजम लगातार दोस्रो बर्ष आइसीसीको एकदिवसीय बर्ष खेलाडी बनेका छन् ।आइसीसीले विहिबार बाबर आजम २०२२ को उत्कृष्ट एकदिवसीय खेलाडी बनेको घोषणा गरेको हो । उनी २०२१ मा पनि आइसीसीको एकदिवसीय उत्कृष्ट खेलाडी बनेका थिए ।२८ बर्षिय बाबरले २०२२ मा ९ खेलमा ८४.८७ को औसतले तीन […]

You May Like

error: