आइपिएल लिलामीमा २१.२ करोड पाएका यी खेलाडीले लिए पिएसएल लिगबाट नाम फिर्ता

काठमाडौँ ।

आइपिएल २०२३ को लागि मिनी अक्सन गत महिना मात्रै भएको थियो। यस मिनी लिलामीमा २३ वर्षीय इंग्लिस ब्याट्सम्यानलाई सनराइजर्स हैदरावादले १३.२५ करोड भारु अर्थात २१.२ करोड नेपालिमा किनेको थियो ।

यी खेलाडीले अब पाकिस्तान सुपर लिग २०२३ मा नखेल्ने निर्णय गरेका छन् । यी खेलाडी पीएसएलमा लाहोर कलन्दरको तर्फबाट खेल्छन् र गत सिजनमा टोलीलाई च्याम्पियन बनाउन यी खेलाडीले महत्वपूर्ण योगदान गरेका थिए ।

यी खेलाडीले पीएसएल लिगबाट नाम फिर्ता लिए:
सनराइजर्स हैदरावादले मिनी अक्सनमा ड्यासिङ ब्याट्सम्यान ह्यारी ब्रुकलाई आफ्नो टिममा समावेश गरेको थियो । ह्यारी ब्रुकले अहिले पाकिस्तान सुपर लिगबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

यो लिग फेब्रुअरी १३ बाट सुरु हुँदैछ । ह्यारी ब्रुकले गत वर्ष यो लिगमा २६४ रन बनाएका थिए जसमा एक शतक पनि समावेश थियो ।

एसए२० लिगमा पनि सहभागी भएनन्:
ह्यारी ब्रुकले यसअघि दक्षिण अफ्रिका टी–२० लिगबाट पनि आफ्नो नाम फिर्ता लिएका थिए । ह्यारी ब्रुकको कामको बोझ कम गर्न इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले यो निर्णय गरेको हो ।

गत वर्ष केप टाउनमा भएको लिग लिलामीमा ह्यारी ब्रुकलाई फ्रेन्चाइजले २१ लाख रेण्डमा किनेको थियो । यद्यपि, ह्यारी ब्रुकको यो निर्णयले आईपीएल २०२३ को उपलब्धतामा कुनै प्रभाव पार्ने सम्भावना छैन।

अहिलेसम्म करियर:
दायाँ हाते ब्याट्सम्यान ह्यारी ब्रुकले हालसम्म चार टेस्ट र २० टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । उनले टेष्टमा ३ शतक र १ अर्धशतकको सहयोगमा ४८० रन बनाएका छन् ।

अहिले टेष्ट ढाँचामा नै उनको औसत ८० रहेको छ । योसँगै ब्रुकले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतकको मद्दतले कुल ३७२ रन बनाएका छन् ।

उनले आफ्नो समग्र टी-२० करियरमा ९९ खेलमा २४३२ रन बनाएका छन् । उनले प्रथम श्रेणी क्रिकेटमा ३५४७ रन बनाउनुका साथै ८ विकेट पनि लिएका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

राष्ट्रिय टिमको प्रशिक्षक नियुक्तिअघि क्यान अध्यक्षको चर्को आलोचना

Thu Jan 26 , 2023
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले गत आइतबार नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्ति सम्बन्धनमा एउटा विज्ञप्ति निकाल्यो। भारतका मोन्टी देसाई नियुक्त भएको भन्ने सामाचार सार्वजनिक भएसँगै क्यानले विज्ञप्तीमार्फत भनेको थियो , ‘छ्नोट प्रक्रिया पूरा गरी सिफारिस गरिएका मुख्य प्रशिक्षक नेपाल क्रिकेट संघको कार्य सम्पादन/कार्यसमितिका सदस्यहरुको सहमति भए पश्चात् […]

You May Like

error: