सन्दिपको लागि आईसीसीबाट आयो ठुलो खुशीको खबर!

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टीममा फर्काउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले रोकावट नगर्ने भएको छ ।

आइसीसीले ‘नेपालको कानूनअनुसार मिल्ने भए’ खेलाउन अनुमति दिएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताए ।

‘आईसीसीले नेपालको कानूनअनुसार खेलाउन मिल्ने भए केही बाधा छैन भनेको छ । तर, यहाँ फेरि सरकारी वकिलले सर्वोच्चमा मुद्दा हाल्ने कुराहरू सुनिएका छन् । त्यसैले हामीले अझै निर्णय लिएका छैनौं,’ उनले भने ।

जब’र्जस्ती कर’णीको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान लामिछानेलाई गत हप्ता पाटन उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेको थियो । जेलमुक्त भए पनि उनलाई विदेश भ्रमणमा अदालतले रोक लगाएको छ ।

प्रहरीले पक्राउ गरेपछि सन्दीपलाई क्यानले अनिश्चितकालीन निलम्बन गरेको थियो । सन्दीप रिहा भए पनि क्यानले निलम्बन फुकुवा गर्न बाँकी छ ।

अदालतले सन्दीपलाई क्रिकेट खेल्न रोक लगाएको छैन । नेपालको कानूनअनुसार पनि उनलाई राष्ट्रिय टीमबाट खेल्न कुनै बाधा नरहेको सन्दीपका वकिलहरु बताउँछन् । विदेश जान रोक लगाइएकाले उनले देशबाहिर हुने खेलहरू भने तत्काल खेल्न सक्दैनन् ।

तर, नेपालभित्रै हुने खेलमा भने सन्दीपलाई खेलाउँदा समस्या नहुने तर्क उनका वकिलहरूको छ । क्यानले सन्दीपलाई खेलाउन मिल्ने वा नमिल्ने विषयमा कानुनी परामर्श गरिरहेको छ । तर, निष्कर्षमा पुग्न सकेको छैन ।

सन्दीपको विषयमा निर्णय लिन नसक्दा आउँदो महिना हुने त्रिकोणात्मक सिरिजका लागि टीम घोषणा र बन्द प्रशिक्षण्मा पनि ढिलाइ भइरहेको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

राशिद खानको ठूलो उपलब्धि, टि-२० क्रिकेटमा रचे इतिहास

Wed Jan 25 , 2023
काठमाडौँ। अफगानिस्तानका युवा स्पिनर राशिद खानले टी–२० क्रिकेटमा ठूलो कीर्तिमान बनाएका छन् । उनी टी–२० मा ५ सय विकेट लिने विश्वकै दोस्रो बलर बनेका छन् । उनले प्रिटोरिया क्यापिटल्सविरुद्ध दक्षिण अफ्रिका टी–२० लिगमा एमआई क्यापेटाउनबाट खेल्दा यो उपलब्धि हासिल गरेका हुन् । उनले यो खेलमा मात्र १६ रन दिएर ३ […]

You May Like

error: